भारतमा मजदुरी गर्न गएका एक नेपालीको मृत्यु



प्रकाशित मिति : Mar 18, 2019

दार्चुला । भारतमा मजदुरी गर्न गएका एक नेपालीको मृत्यु भएको छ । भारतको पिगौरागढ जिल्लाको तावाघाट क्षेत्रमा मजदुरी गर्न गएका गोपालसिंह कार्कीको मृत्यु भएको हो ।

तावाघाट स्थित थाडीघारमा सडक निर्माणमा संलग्न करिब २६ वर्षीय गोपालसिंह कार्कीको सोमबार बिहान ९ बजेतिर भिरबाट लडेर बोल्डरको चपेटमा परेर मृत्यु भएको हो भने उनीसँगै काम गर्ने साविकको सुन्सेरा गाविसका ४५ वर्षीय मनदसिह कुवँर घाइते भएका छन् ।

सोमबार बिहान ९ बजे घटनास्थलमै उनले ज्यान गुमाए पनि घटनास्थलमा भारतीय प्रहरी बेलुका ६ बजे मात्रै पुगेको कारण उद्धारसमेत छिटो नभएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने घटनाबारे अहिलेसम्म जानकारी नआएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com