विवादका बीच कांग्रेसले गठन गर्‍याे अपुरो अनुशासन समिति



प्रकाशित मिति : Mar 18, 2019

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले सर्वसम्मत अनुशासन समिति गठन गरेको छ । सोमवार दिउँसो ११ बजे बस्ने भनिए पनि बैठक विवादका कारण रोकिएको थियो । विवाद सहमतिमा पुर्याउन पार्टी सभापति शेरबहादुर देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि लगायतका नेताहरू आफु मात्रै गोप्य छलफलमा बसेपछि बैठक साँझ मात्र बस्न सकेको हो ।

बैठकले भीष्मराज आङदाम्बेको संयोजकत्वमा किशोरसिंह राठोर र देवेन्द्रराज कंडेल सदस्य रहने गरी ३ सदस्यसहितकाे अनुशासन समितिको गठन गरेकाे छ । बैठकले संयोजकसहित ३ सदस्यको अपुरो समिति गठन गरेको हो ।

पार्टीको विधानको धारा ३४ (४) अनुसार संयोजक र ४ सदस्य रहने समिति गठन गरिनु पर्ने भएपनि अहिले अनुशासन समितिमा ३ जना रहेको र पछि २ जना थप्ने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताउनुभएको छ ।

यसका विपरीत कांग्रेसका एक केन्द्रीय सदस्यले भने बैठक नै नबसेको दाबी गरेको छन् । अनुशासन समितिको बारेमा शिर्ष नेताबीच सहमति मात्रै भएको बताउँदै उनले भोलि(मंगलवार) बैठक बसेर सर्वसम्मतिले निर्णय गरिने भएको स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com