खेलकुदको हब बनिरहेको धनगढी अब मेडिकल हब बन्ने दौडमा, सुदूरपश्चिमवासी लाभान्वित (भिडियाे)



प्रकाशित मिति : Mar 18, 2019

कैलाली । स्वास्थ्य क्षेत्रमा मुलुक भित्र भइरहेको प्रयास वास्तवमा भन्ने हो भने सकारात्मक देखिएको छ । स्वास्थ्योपचारमा मात्र यो मुलुकबाट ठूलो धनराशी वाहिरिने गरेको दुःखद यथार्थलाई भुलाउने गरी भइरहेको प्रयासहरु सराहनीय देखिएका छन् । आँखाको उपचारको क्षेत्रमा नेपालले पाएको अपार सफलताले अहिले लाखौ भारतीय नागरिकहरुको गन्तव्य पनि नेपाल बनिरहेको दृश्य छर्लङ्ग छ ।

यही मेसोमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी खेलकुदको मात्र नभई अब मेडिकल हब पनि बन्ने तरखरमा जुटेको छ ।

आँखाको उपचारको क्षेत्रमा नेपालले पाएको अपार सफलताले अहिले लाखौ भारतीय नागरिकहरुको गन्तव्य पनि नेपाल बनिरहेको दृश्य छर्लङ्ग छ । यही मेसोमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी खेलकुदको मात्र नभई अब मेडिकल हब पनि बन्ने तरखरमा जुटेको छ ।

सुदूरपश्चिमका नागरिकका काम र मामको जोहो मात्र नभइ उपचारको भरपर्दो थलो पनि भारत नै बन्दै आएको थियो । तर धनगढीमा खुलेका सुविधा सम्पन्न अस्पतालहरुले भारततर्फ मात्र नभइ काठमाडौंसम्म धाउनु पर्ने बाध्यताको पनि अन्त्य गरेको छ ।

‘हेल्थ रिपोर्ट’को तनावबाट मुक्त भए सुदूरपश्चिमवासी

सानो तिनो रिपोर्टको सत्यतथ्य पत्ता लगाउन पनि त्यस्को स्याम्पललाई कि काठमाडौं कि भारत पठाउनु पर्ने बाध्यता थियो सुदूरपश्चिमवासीका लागि । तर अब भने त्यो अवस्थाको अन्त्य भएको छ ।

धनगढीमा खुलेका एक से एक अस्पतालहरुले उपलब्ध गराएको सुविधा सम्पन्न प्याथोलोजी सेवाहरुले अहिले गम्भीर प्रकृतिका रोगको रगतको परीक्षण प्रतिवेदन पनि स्थानीय स्तरमा नै तयार पार्न थालेका छन् । यस्ले गर्दा धन र समयको मात्र नभइ रिपोर्ट कस्तो आउला भन्ने भय, त्रास र चिन्ताबाट पनि सुदूरपश्चिमवासीले मुक्ति पाउने भएका छन् ।

सानो तिनो विमारमा पनि काठमाडौ नभए भारतको पलिया, लखनउदेखि दिल्लीसम्म पुग्नु पर्ने बाध्यताले सुदूरपश्चिमवासी कष्टमा थिए । तर अब यो कष्टले विदा पाएपछि उनीहरुले तनावबाट समेत मुक्ति पाएका छन् ।

ब्लड क्यान्सरसंग लड्दै गरेकी किशोरीकाे याचना

रोगले कसैलाई पनि आफ्नो र पराई भन्दैन नै । न यस्ले गरीब र धनी नै छुट्याउछ । त्यसमाथि यस्ले न उमेरको सीमाको नै सम्मान गर्छ । अहिले बुढापाका भएपछि देखिने रोगले कलिला बालबालिकादेखि लिएर किशोर किशोरीहरुलाई समेत सताउन थालेको छ । कैलालीकी एक किशोरी मिना बम अहिले यस्तै नियतिको शिकार बनेकी छिन् ।

मात्र १९ बर्षमा हिड्दै गरेकी मिनालाई ब्लड क्यान्सर भयो । यो असैह्य बज्रपात उनीमाथि वर्षिदा पीडा यतिमा मात्र रोकिएन । कम उमेरमा नै विवाह गरेकी उनलाई ब्लड क्यान्सर भएपछि श्रीमानले पनि छोडिदिए , उपचार खर्च माइतीले भरथेग गरिरहेको उनको उपचारमा नै माइतीको भएको खेतबारी पनि रित्तियो ।

अझै १० लाख खर्च गरे बाँच्न सकिन्छ भनेर चिकित्सकले दिएको ढाड्सको अघि अहिले उनलाई आर्थिक समस्या तगारो बनेको छ । तर मर्दा पर्दा एक जुट हुने नेपाली समाजमाथि उनलाई ठूलो भरोसा छ । सहयोग पक्कै जुट्ने छ भन्ने आशा र भरोसाका साथ उनी भोलिका सुन्दर दिनहरु कल्पिरहेकी छिन् । (भिडियाे)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com