सात महिनामा मूल्य वृद्धि ४ दशमलव २ प्रतिशत कायम



प्रकाशित मिति : Mar 15, 2019

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालको आयात वृद्धिदर २६ प्रतिशत पुगेको छ । रेमिट्यान्स बढेपनि उच्च व्यापार घाटाका कारण सोधानान्तर स्थिति झण्डै ५० अर्ब स्पैयाँले घाटामा देखिएको छ । मूल्य वृद्धि पनि ४ दशमलव २ प्रतिशत कायम भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति ४ दशमलव ४ प्रतिशत रहेको छ भने सात महिनाको औसत मुद्रस्फीति ४ दशमलव २ प्रतिशत रहेको छ । त्यस्तै आयातको वृद्धिदर २६ प्रतिशत पुगेको छ भने निर्यात ११ दशमलव ५ प्रतिशतमा सिमित छ ।

बढदो व्यापार घाटाका कारण रेमिटयान्स वृद्धिदर २८ दशमलव ५ प्रतिशत भएपनि शोधानान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकिङ कारोबारमा आधारीत सरकारी खर्च ३ दशमलव १ प्रतिशतले घटेको छ भने राजस्व संकलन २२ दशमलव १ प्रतिशतले बढेको छ ।

विदेशी विनिमय सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड कायम भएको छ जुन माघ मसान्तमा भन्दा बढेको देखिएको छ । यो अवधिमा सरकारको आन्तरिक कर्जा १० दशमलव ३ प्रतिशतले बढको छ भने निजी क्षेत्रमाथिको दावि १४ दशमलव ५ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com