घरेलु तथा ग्रामीण उत्पादनको प्रचारप्रसारका लागि योग्य थलो बन्दै (भिडियो)



प्रकाशित मिति : Mar 14, 2019

जुँगाको लडाईले सर्लाहीको वलारा नगरपालिकाको कामकाज पुष महिनादेखि ठप्प

१. मधेसमा जुँगाको लडाईः

सर्लाही । स्थानीय तहको गठन दुई दशक पछि हुनु आफैमा ठूलो उपलिब्ध हो । त्यसमाथि पनि स्थानीयवासीहरुको अपार उत्साहले स्थानीय तहको गठनलाई थप उत्साहित बनाएकै हो ।

जनप्रतिनिधिविहीन अवस्थामा स्थानीय तहहरु दुई दशक भन्दा बढी समयसम्म रहदा थोपरिएका विकृति र विसंगतिले समग्र समाजलाई नै वेथितितर्फ डो¥याएको थियो । तर स्थानीय तहको गठन पछि धेरै स्थानीय तहको मुहार फेरिएका छन् भने स्थानीयवासीको मुहारमा पनि मुस्कान थपिएको छ ।

तर कपितय स्थानमा भने प्रमुख र उपप्रमुखको लडाईले स्थानीय तहको काम कारवाही ठप्प बन्दा स्थानीयवासीले सुविधा नभई सास्ती भोग्दै आएका छन् । यस्तै जुंगाको लडाईको मारमा परेको छ – सर्लाहीको बलरा नगरपालिका ।

मेला महोत्सवः घरेलु तथा ग्रामीण उत्पादनको प्रचारप्रसारका लागि योग्य थलो बन्दै

२. हेटौंडा मेलाः

मकवानपुर । मुलुकमा पछिल्लो समय फस्टाएको क्षेत्र अर्थात आयोजना हुन मेला तथा महोत्सव । हुन पनि घरेलु तथा ग्रामीण क्षेत्रको उत्पादनदेखि लिएर स्वदेशी सामग्रीको प्रचार प्रसार र खरिद तथा विक्रिका लागि महत्वपूर्ण अवसर बन्दै आएको मेला तथा महोत्सवको आयोजना ।

खोजेको र रोजेको धेरै वस्तुहरु एकै ठाउँमा सर्वसुलभ मूल्यमा पाइने भएकाले पनि मेला तथा महोत्सवपप्रति आम नेपालीको आकर्षण बढ्दो छ । आत्मनिर्भरताको अभ्यासका लागि पनि गतिलो माध्यम मानिएको मेला तथा महोत्सवको लागि स्वयं नेपाल उद्योग वाणिज्य महासंघ पनि सहयोगी बनेर उभिदै आएको छ भने सरकारी निकायहरु पनि शुभेच्छुक बनेर उभिदै आएका छन् ।

हेटौडामा भइरहेको आयोजनाले पनि मुलुकको आर्थिक विकासको टेवामा यस्तै गतिलो सन्देश दिन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com