सीके राउतको मुलधारको यात्रा सकारात्मकः सांसद विरोध खतिवडा



प्रकाशित मिति : Mar 12, 2019

काठमाडौं । गत शुक्रबार सरकारसँग ११ बुँदे सहमति गरेका सीके राउतले तराई–मधेसलाई केन्द्र बनाएर अघि बढ्ने उद्घोष गरे । उनीसँगको सहमतिले धेरै प्रश्न उठाएको छ । एकातिर सरकारले स्वतन्त्र मधेसलाई मान्यता दिएको शंका मात्र गरिएको छैन, राजपा/फोरम विरुद्ध सरकारी तुरुपका रुपमा राउत अगाडि सारिदै त छैन भन्ने आशंका पनि कायमै छ ।

राउतको खुल्ला राजनीतिको प्रवेशले राष्ट्रिय जनता पार्टीलाई प्रत्यक्ष असर गर्ने देखिएको छ । विशेष गरेर दुई नम्बर प्रदेशमा पकड जमाएको राजपाको संगठन अहिले पनि त्यति राम्रो मानिएको छैन ।

पार्टी भित्रको किचलोका कारण राजपाको संगठन छिन्न भिन्न अवस्थामा पुगेको बेला स्वतन्त्र मधेश गठबन्धनले उसका कार्यकता तान्न सक्ने अनुमान गरिएको छ । राजपाले सरकार–गठबन्धनबीचको सहमतिलाई शंकास्पद बताउँदै आएको छ । यो सहमतिलाई नेकपा सांसद विरोध खतिवडाले भने विना शंका स्वीकार्नु पर्ने बताउनु हुन्छ ।

त्यस्तै केही समय अघि मात्रै प्रतिनिधिसभामा सत्तारूढ सांसद खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्ने कुरा उठाउनु भएको थियो । संयुक्त राज्य अमेरिकाका केही राज्य, क्यानडा र थाइल्यान्ड आदि देशमा कानुनी दायरामा ल्याएर गाँजाको व्यावसायिक खेती हुने गरेको उदाहरण दिँदै खतिवडाले नेपालले पनि उनीहरूको अनुशरण गरेर आर्थिक लाभ लिनुपर्ने तर्क गर्नु भएको थियो ।

न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘इस्यु’ अफ द डे’मा सत्तारूढ नेकपा सांसद खतिवडाले राज्यमा देखिएका समस्याहरुको समाधान गर्दै जानुपर्ने बताउनुभयो । सीके राउत गठबन्धन लगायतलाई कन्भिन्स गरेर, लोकतन्त्रले पचाउन सक्नेसम्म, नागरिकले पचाउने, देशले पचाउन सक्नेसम्मलाई संविधानको मान्यता अनुसार मूलधारमा ल्याउनु सकारात्मक भएको उहाँको ठम्याई छ । सांसद खतिवडासंग टिभी जर्नलिष्ट स्मृति मल्लले गरेको कुराकानी (भिडियो)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com