पोखरा वास्तवमा नै ‘राम्रो पोखरा’बन्ने अभियानमा कस्सियो, सबै वडा स्मार्ट बन्दै (भिडियो)



प्रकाशित मिति : Mar 09, 2019

पोखरा बास्तवमा नै ‘राम्रो पोखरा’ बन्ने अभियानमा कस्सियो,सबै वडा स्मार्ट बन्दै

१.वडा नम्बर १ पोखराः

कास्की । पोखरा बास्तवमा नै ‘राम्रो पोखरा’ बन्ने अभियानमा कस्सिएको छ । आफैमा अनुपम छ पोखरा यो अनुपमतालाई अझ सिंगार्ने जिम्मा पाएको छ पोखरा महानगरपालिकाले । तर यस्मा महानगरको मेहनत मात्र पर्याप्त हुँदैन , यस्मा आम पोखरावासीको साथ र सहयोग पनि उत्तिकै आवश्यक छ ।

अहिले पोखरालाई स्मार्ट सिटी बनाउने अभियान अनुरुप बिभिन्न कार्यहरुको थालनी गरिएको छ । यही क्रममा पोखराको प्रत्येक वडालाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने प्रयास थालिएको छ । जस्मा पोखराका सबै ३३ वडा समावेश छन् । प्राकृतिक सुन्दरताको खानी पोखरामा थोरै मानवीय मेहनत थपिने हो भने पनि पोखराको सौन्द्धर्यताले थप निखार पाउने निश्चित छ ।

दूध गंगा नामले परिचित सेती नदीको खोंचमा पर्यटकहरुको भरिभराऊ

२.सेती नदीः

पोखराको शीरबाट प्रवेश गरेर पेट हुँदै बगेकी सेती नदीलाई पोखराकी गंगा पनि भनेर सम्बोधन गर्ने गरिन्छ । अलौकिक र रहस्यमयरुपमा बग्दै आएकी सेतीको अध्यात्मिक महत्व बोकेको नदी पनि हो । सेती नदीमा यही आस्था बोकेर पुग्ने नेपाली र भारतीय नागरिकहरु धार्मिक भावले अवलोकन तथा दर्शन गर्ने गर्छन भने पश्चिमा मुलुकका नागरिकहरु भने सेतीको अलौकितता अवलोकन गर्न पुग्छन् ।

यही सेती नदीको खोंचमा दैनिक सयौं पर्यटकहरु पुग्ने गरेका छन् । पोखराको आकर्षणको यो महत्वपूर्ण पक्ष सेती नदीको खोंचलाई दूध गंगा नामले पनि सम्बोधन गर्ने गरिन्छ । पूजाआजा तथा आध्यात्मिक कार्यका लागि पनि पवित्र मानिने सेती नदीको पानीले पापबाट मानवलाई मुक्त गर्ने विश्वास पनि गरिन्छ ।

व्यस्त र मस्त पोखरामा सार्वजनिक शौचालयको अभाव हटाउने प्रयास थालियो

३. इ ट्वाइलेटः

व्यस्त र मस्त पोखरामा लाग्ने भीडलाई जहिले पनि खड्किने पक्ष भनेको सार्वजनिक शौचालय नै हो । आफैमा वैभवशाली यो शहरमा दैनिक हजारौ मानिसको ओहोरदोहोर हुने गर्छ भने आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति पनि उत्तिकै हुने गर्छ । तर सार्वजनिक शौचालयको अभावमा यो शहरमा धेरै पर्यटकले सास्ती भोग्दै आएका छन् ।

शौचालयको अभावमा पर्यटक तथा वटुवाले जथाभावी प्रयोग गर्दा पोखरा दुर्गन्धित पनि बन्दै गएको छ । तर अब पोखराको यो अभावलाई हटाउन महानगर अघि सरेको छ । उस्ले इ ट्वाइलेट सम्मको परिकल्पना अघि सारेपछि अब पोखराको यो दुर्गन्धित पक्ष पनि हट्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com