विरामी बनेर विराटनगर पुगेकाहरु यसरी ठगिन्छन र यसरी लुटिन्छन् (भिडियो)



प्रकाशित मिति : Mar 09, 2019
  • विरामी ठगी–

सबैका लागि अत्यावश्यक तर अझै पनि भरपर्दो बन्न नसकेको नेपालको स्वास्थ्य क्षेत्रमा विकृति बास्तवमा नै भन्ने हो भने बोराका बोरा छन् । चिकित्सक र विरामीबीचको सम्बन्ध जति न्यानो हुनु पर्ने हो त्यो वातावरण बन्न त परै जाओस, चिकित्सा क्षेत्रलाई लुटको क्षेत्रकोरुपमा हेर्नेहरुको जमात नेपालमा बढ्दो छ । तर सबै चिकित्सक र चिकित्सा सम्बन्धिसंस्था यस्तो बदनामीको दायरामा नआउलान पनि ।

तर बोरामा एउटा आलु कुहिएको छ भने बाँकी आलु सग्लो रहला र ? अहिले चिकित्सा क्षेत्र लुटेर खाने संस्थाकोरुपमा विकसित हुँदै गर्दा विरामी र तिनका आफन्तहरु आँशु चुहाएर उपचार गर्न विवश छन् । महंगो बन्दै गएको चिकित्सा क्षेत्रमा लुट्ने पनि बिभिन्न उपायहरु अवलम्बन गर्न थालिएका छन् ।

जान्ने नठगिएलान तर नजान्नेहरु बारम्बार ठगिदै आएको दृष्टान्त विराटनगरमा मौलाएको ‘स्वास्थ्य क्षेत्रको दलाली’ले छर्लङ्ग पारेको छ । पूर्वको प्रमुख शहर मात्र नभई प्रदेश एकको अस्थायी राजधानी विराटनगर ‘मेडिकल हब’ बन्ने सुरसारमा पनि छ तर यही सुरसारसंगै ‘ठगी’ पनि मौलाउदो छ ।

स्वास्थ्य क्षेत्रमा बढ्दो विकृतिलाई रोक्न गत भदौ १ गते देखि मुलुकी अपराध संहितामा इलाज सम्बन्धि व्यवस्था नै गरियो । तर चिकित्सकहरु यो संहिताविरुद्ध उपचार छोडेर सडकमा उत्रिए । आफुहरुलाई सरकारले अपराधी करार गर्न खोजेको भन्दै चिकित्सकको प्रमाणपत्र नै सरकारलाई बुझाउने हुँकार नै गरे ।

तर आफ्नो क्षेत्रमा भएको विकृतिको बारेमा न नेपाल चिकित्सक संघ नै बोल्यो नत यससंग सरोकार राख्ने अन्य निकायहरु । विराटनगरमा स्वास्थ्य क्षेत्रमा भइरहेको ‘दलाली’यस्को लागि गतिलो उदाहरण बनेर पेश भएको छ । विराटनगरमा दैनिक सरदर २ हजार बढी विरामी उपचारका लागि आउछन् तर उनीहरु विराटनगरमा पाइला राख्ने वित्तिकै दलालहरुको पञ्जामा पर्छन ।

एउटा डाक्टरको नाम लिए पनि अर्को डाक्टर र एउटा अस्पतालको नाम लिए पनि अर्को अस्पतालमा पु¥याएर उपचार गराउन ती ‘दलाल’ हरु माहिर मानिन्छन् । र, यस्तो दलाली गर्ने जिम्मा अन्य कोही नभएर सिटी रिक्साका चालकहरुले पूरा गर्दै आएका छन् । यसवापत अस्पतालबाट र डाक्टरबाट उनीहरुले मोटो कमिशन पाउने गरेका छन् ।

यसरी पु¥याइएका विरामीहरुबाट अस्पताल र डाक्टरले मनमौजी रकम असुल्ने गरेका छन् । प्रहरी प्रशासन , अस्पताल र सरोकारवाला निकायहरु तै चुप मै चुप ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com