भारतमा कार र ट्रक ठोक्किदा १० जनाको मृत्यु



प्रकाशित मिति : Mar 09, 2019

एजेन्सी । भारतमा कार र ट्रक ठोक्किदा कम्तिमा १० को मृत्यु भएको छ । भारतको झारखण्डमा पर्ने रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको हो ।

भारतीउ सञ्चार माध्यमका अनुसार मालबाहक ट्रकसँग ठोक्किएको र सो क्रममा कारमा रहेकाहरु एकै परिवारका रहेको अनुमान गरिएको छ । मृत्यु भएका १० जनामध्ये तीन जना महिला र दुई जना बालबालिका पनि रहेका छन् ।

नातेदार लगायतको पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किने क्र्रममा कार दुर्घटना भएको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ थव विवरण आएको छैन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com