पाटन अस्पतालमा हाम्रा दर्शकले शुरु गरे निःशुल्क पानी सप्लाई, विना अनुमति पोखरामा बन्दै छ अपार्टमेन्ट (भिडियो)



प्रकाशित मिति : Mar 07, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३४९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै कार्यक्रममा विभिन्न ब्यक्तिहरुसँग विभिन्न विषयमा प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

कार्यक्रमको आजको एपिसोड निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. ‘पाटन मानसिक अस्पताल’लाई दैनिक १ ट्याङकर पानी सहयोग
काठमाडौं । ललितपुरको पाटनमा अवस्थित मानसिक अस्पतालमा पानी अभाव भएको विषयमा हामीले यस अघिको कार्यक्रममा रिपोर्टिङ गरेका थियौं । २ वर्ष अघि पानी अभाव भएको रिपोर्टिङ गर्दा पनि अस्पतालमा पानी थिएन, भने दुई वर्षपछि पनि अस्पतालमा पानी अभाव भएको देखायौ । दुई वर्ष अघि र दुई वर्ष अस्पतालको नेतृत्वमा बसकका अस्पताल निर्देशक डा. मोहन श्रेष्ठ र पूर्व निर्देशक डा.सुरेन्द्र शेरचनले समेत मेलम्चीको पानी नआउँदासम्म अस्पतालमा पानीको समस्या समाधान नहुने बताएका थिए ।

२. अनुमति विना पोखरामा गगनचुम्बी भवन निर्माण, त्यो पनि मापदण्ड विपरित !
पोखरा । पोखरा महानगरपालिका ३ स्थित नदिपुरमा महानगरपालिका अनुमति बिनानै गगनचुम्बी भवन निमार्ण भैरहेको छ । वडा न ३ को वडा कार्यालयबाट ३ मिनेटको दुरीमा निर्माणाधीन यो अपार्टमेन्टले महानगर र वडा कार्यालयबाट कुनै इजाजत लिएको छैन । निमार्णस्थलमा अपार्टमेन्टको बारेमा कुनै जानकारी नराखिएपनि हाम्रो टिमले खोज्दै जाँदा यो अपार्टमेन्ट कम्र्फट गुडविल डेभलर्पसले यो अपार्टमेन्ट निर्माण गरेको रहेछ । तर यो विषयमा न वडा ३ ले कुनै अनुमति दिइको छ । न पोखरा महानगरले नै ।

३. राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको लापरवाही, फेललाई पास–पासलाई फेल !
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड काठमाडौंको पटक–पटकको गल्तीको कारण व्याचलर पढ्दै गरेका महेन्द्रनगरका दीपक पाल पुनः प्लस टु को परीक्षा दिनु पर्ने समस्यामा परेका छन् । २०७४ सालमा महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमीबाट व्यवस्थापन संकायमा प्लस टु पास भएका उनि अहिले काठमाडौंमा व्याचलर इन सोसियल वोर्क गर्दै छन् । तर केही दिन अघि उनले पाएको सुचनाले उनी निकै तनावमा छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com