नेपाल एकीकरणको साक्षी बनेका गौरवमय गढीहरुको संरक्षणमा नेपाली सेनाको चासो (भिडियो)



प्रकाशित मिति : Mar 07, 2019

नेपाल एकीकरणको साक्षी बनेका गौरवमय गढीहरुको संरक्षणमा नेपाली सेनाको चासो

१.उदयपुरगढी संरक्षणमा नेपाली सेना :

उदयपुर । नेपाल एकीकरणको दौरानमा गोर्खाली सेनाले बिभिन्न स्थानमा रहेका र भएका गढीहरुलाई नै आधार बनाएर आफ्नो ‘मिशन’ पूरा गरेको थियो । मुलुकको एकीकरण जस्तो गौरवलाग्दो इतिहासको साक्षी बनेका यस्ता गढीहरु लामो समयदेखि गुमनाम अवस्था रहे , अर्थात महत्वहिन बनाइए । तर अहिले नेपाली सेनाले यस्ता गढीहरुको संरक्षणमा विशेष चासो देखाउन थालेको छ ।

केही समय अघि मकवानपुर गढीको स्मरण र संरक्षणको उद्घोष विशेषरुपमा गरेको नेपाली सेनाले अहिले आएर उदयपुरकोमा रहेको ऐतिहासिक उदयपुर अर्थात चौदण्डीगढीको संरक्षण र सम्वद्र्धनमा विशेष चासो देखाएको छ । पूर्वी नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको उदयपुरगढीको संरक्षण एकीकरणको मात्र नभइ वीर पूर्खाहरुको योगदानको पनि सम्मान पनि हो । र, समग्रमा मुलुकको स्वाधीनता र स्वाभिमानप्रतिको नमन पनि हो ।

इटहरीको अव्यवस्थित पार्किङ समस्या बन्दै गर्दा उपमहानगरको ध्यान तानियो

२. पार्किङ व्यवस्था:

सुनसरी । प्रदेश एकको मध्यमा पर्ने इहटरी चल्तीको बजारबाट शहर बनिसकेको छ । प्रदेश एकको अधिकांश जिल्लाको मात्र नभई प्रदेश दुईका केही जिल्लाका लागि समेत केन्द्रविन्दु बनेको इटहरी पूर्व र पश्चिममात्र नभई उत्तर र दक्षिणतर्फ आवतजावत गर्ने सवारी साधनहरुको पनि महत्वपूर्ण ‘स्टेशन’ नै बनिसकेको छ । तीब्ररुपमा बढ्दो शहरीकरणले गर्दा इहटरी पूर्वकै सम्भावना भएको शहरकोरुपमा हुर्कदो छ । तर बढ्दो शहरीकरणसंगै हुर्किदो अस्तव्यस्तताले पनि इहटरीको सम्भावनालाई चुनौती थप्दै गएको छ ।

विशेषत इटहरीको सम्भावनालाई बढदो अव्यस्थित पार्किङले चुनौती थप्दै लगेको छ । आवातजावत गर्ने सयौं सवारी साधन मात्र नभई इहटरी भित्र गुड्ने सवारी साधनको थपिदो संख्याले इहटरीको सौन्द्र्धयमा नै प्रश्न खडा गरेपछि इहटरी नगपालिकाको ध्यान बल्ल खिचिएको छ । जुन सकारात्मक मानिएको छ ।

उदयपुरको ग्रामीण सडकको मुहार फेरिदै गर्दा स्थानीयवासीको मुहारमा पनि मुस्कान छायो

३.ग्रामीण सडक स्तरोन्नति तीब्रता

उदयपुर । सडक विकासको सूचक हो । यही वास्तविकतालाई मनन गरी देशका बिभिन्न भागहरुलाई सडक सञ्जालमा जोड्ने काम तीब्र बनाइएको छ । तर बनेका र निर्माण गरिएका सबै सडकहरु मापदण्ड भित्र नपर्दा जनताले सुविधा भन्दा बढी असुविधा भोग्दै आएका छन । तर अब ग्रामीण क्षेत्रका सडकहरुको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि चासो देखाउन थालेपछि सर्वसाधारणले विकासको महसुस समेत गर्न थालेका छन् ।

यस्तै अवस्था देखिएको उदयपुरको ग्रामीण क्षेत्रमा पनि । उदयपुरका आधा दर्जन बढी ग्रामीण क्षेत्रहरुलाई जोड्ने सडक सञ्जालमा स्तरीयता दिने कार्य तीब्र बनाइएको छ । जस्ले गर्दा २ सय १७ किलोमिटर लामो सडकको मुहार फेरिदै गर्दा गामीण क्षेत्रको वासिन्दाको मुहारमा पनि मुस्कान छरिन थालेको छ ।




प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com