१४ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धी कार्यान्वयनमा जोड दिन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय हितको विषयमा खुल्लारुपमा छलफल गर्नुपर्ने बताउँदै उहाँले सो निर्दशन दिनुभएको हो ।

काठमाडौंमा बुधबारबाट शुरु हुने नेपाल र भारतका विज्ञहरूको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरूलाई मंगलबार निर्देशन दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीच छलफल गर्दा राष्ट्रिय हित हेर्नुपर्ने बताउनु भएको हो ।

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।

ओलीले बैठकमा नेपाल– भारत दुई देश स्तरीय छलफलमा देशको हीत पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री निर्देशन दिनुभएको छ । बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लागयतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV