गायक धर्मेन्द्र सेवनको ‘कता हिँडेकी’ सार्वजनिक



प्रकाशित मिति : Feb 21, 2019

काठमाडौं । गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै कता हिडेको बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको शब्द तथा संगीत पनि धर्मेन्द्रकै रहेको छ ।

उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले अभिनय रहेको छ । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्कलाई पनि फिचर गरिएको छ। भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए । सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?v=lCKRMbMY2Qw


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com