‘ओम समाज कलेज’को बदमास–आफ्नै विद्यार्थीको भविष्य माथि खेलवाड !



प्रकाशित मिति : Feb 21, 2019

काठमाडौं । काठमाडौं ‘ओम समाज शैक्षिक प्रष्ठिान’ले हेल्थ असिस्टेन्ट अध्ययन गरेका विराटनगरका अरुण कुमार मण्डलका शैक्षिक कागजपत्र नै गायब बनाइदिएको छ । ३ बर्ष एचए अध्ययन गरेका उनले अस्पतालमा प्राक्टिकल गरे । तर प्राक्टिकलको अंक कलेजले नै दिनु पर्ने थियो । सीटीइभीटीका अनुसार प्राक्टीकल उनलाई फेल गर्न मिल्ने थिएन तर कलेजले नै कम अंक पठाएपछि उनी पास आउट हुन पाएनन् ।

कलेजले प्राविधिक कारण बस प्राक्टिकल नम्बर कम गएकाले सच्याइने भन्दै उनलाई यो पत्र दियो । तर एक वर्ष वितिसक्दा पनि उनको प्राक्टिकल नम्बर जोडिएन र उनको शैक्षिक प्रमाण पत्रमा उनी फेल भएको आयो । यति मात्रै होइन प्राक्टिकल सँगै उनले अस्पतालमा प्राक्टिकल गरेको लकबुक नै कलेजले गायब बनाइदिएको छ ।

उक्त लकबुक बिना उनले मेडिकल काउन्सिलमा दर्ता गर्न पाउँदैनन् । मेडिकल काउन्सिलमा दर्ता नभएपछि उनले लोकसेवा लगायत कुनै पनि प्रक्रियामा सहभागी हुन पाएका छैनन् ।

उनको यो गुनासो पछि हाम्रो टिम कंलकी स्थित ओम समाजको कलेजमा पुग्यो । कलेज प्रशासनकी कर्मचारी यमुना श्रेष्ठले अरुण कुमार मण्डलको लक बुक हराएको बताइन् ।

तर प्राक्टिकलको बिषयमा भने प्रशासन प्रमुख लोकेन्द्र हमालसँग कुरा गर्नु पर्ने बताइन् । तर लोकेन्द्र हमालले भने अर्को दिन बोलाए । अच्चमको कुरा के छ भने हामीले रिपोर्टिङ गरेको केही छिनमै अरुण कुमार मण्डललाई लोकेन्द्र हमालले फोन गरेर लक बुक नयाँ बनाइदिने बताए ।

हामीले निरन्तर फलोअप गरेपछि बिहीबार अरुणलाई कलेजमा बोलाई हराएको भनिएको पुरानै लक बुक दिइएको छ । तर लकबुक दिने क्रममा उनको फोन खोसेर मिडियामा गएको भन्दै उनलाई दुव्र्यावहार गरेको बताएका छन् । ओम समाज शैक्षिक प्रतिष्ठानको यो रवैयाले विद्यार्थीलाई दुख दिने नियत स्पष्ट हुन्छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com