अष्ट्रेलियामा नेपाली विद्यार्थीको सकसः कसरी निस्किन्छ निकास ?



प्रकाशित मिति : Feb 21, 2019

काठमाडौं । गत कार्यक्रममा अस्टे«लिया पुगेका नेपाली बिद्यार्थीहरुले कलेजको बदमासीको कारण आँफूहरुको भविष्य अन्योलमा परेको भन्दै लाइभ गुनासो गरे ।

अहिले यो बिषय सर्वत्र चासोको विषय बनेको छ । यो समस्या अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको नर्सिङ काउन्सिलबाट नर्सिङ अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा १२ सय नेपाली विद्यार्थी भर्ना लिएकै कारण सिर्जना भएको हो ।

एनम्याकको स्विकृतिबिना विद्यार्थीले हासिल गरेको नर्सिङ शैक्षिक प्रमाणपत्र कुनै काम लाग्दैन । जसका कारण एआइबीटीमा नर्सिङ अध्ययन सकेर पेशामा लाग्न तथा माथिल्लो तहमा जान पाउने छैनन् ।
विद्यार्थीका अनुसार नेपालबाट नाम चलेकै कन्सल्टेन्सी अल्फाबिटा, कंगारु, चितवनको प्लानेट, अक्फोर्ड कन्सल्टेन्सी, निरवाना, मर्सी एजुकेसन, सनराइज कन्सल्टेन्सी, काठमान्डु इन्फोसिस, इमपल्स एजुकेसन, क्याथफोर्ड एजुकेसन फाउन्डेसन, क्यासटल एजुकेसन, इसान एजुकेसन लगाएतका कन्सल्टेन्सीले कलेजको बाटो देखाएका थिए । अहिले अष्टे«लिया सरकारले एआबीटीको दर्ता खारेज गरेको छ । यो सँगै बिद्यार्थीको के गर्ने भन्ने अन्योलमा परेका छन् ।

यसमा कलेजसँगै विद्यार्थीलाई कलेजसम्म पु¥याउने नेपालका परामर्श दातृ निकाय कन्सल्टेन्सी, स्वकृति नै नभएको बिषयमा नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालय तथा कलेजको वास्तवीकता नबुझी विद्यार्थी भिषा जारी गर्ने अस्ट्रेलियन सरकारको लापरवाही देखिएको छ ।

विद्यार्थीको समस्या जटिल बन्दै गएपछि विहीबार अस्टे«लियामा नेपाली दुतावास, गैर आवशिय नेपाली संघ, विद्यार्थीको अन्तर्राष्ट्रिय संगठन सिसा तथा बिद्यार्थीबीच छलफल भएको छ ।

बिद्यार्थीको अन्तराष्ट्रिय संगठन अष्टे«लिया सिसाका अध्यक्ष विजय सापकोटाले अहिले नै बिद्यार्थी हत्तोसाहित हुनु पर्ने अवस्था नआएको बताउँछन् । उनका अनुसार सरकारले दर्ता खारेजी गरेपनि कलेज २८ दिन भित्र अदालतमा अपिल गर्न पाउने भएकाले कलेजको विपक्षमा फैसला भएमा नेपाली बिद्यार्थीले क्षतिपूर्ती सहित कलेज ट्रान्सफरको व्यवस्था हुन सक्ने बताउँछन् । तर कलेजको पक्षमा फैसला भएको खण्डमा भने अस्टे«लीया सरकार, नेपाल सरकार तथा अष्टे«लिया स्थित नेपाली सरोकारवालाले अन्य कदम चाल्नु पर्ने हुन्छ ।

यता नेपाल स्थित शिक्षा मन्त्रालयले अष्टे«लियामा बिद्यार्थी अलपत्र परेको बिषयमा छानबिन गर्न उच्च शिक्षा महाशाखा प्रमुख देवी गुरागाँईको नेतृत्वमा ४ सदस्य समीति गठन गरेको छ । ७ दिन म्याद दिएको समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने जनाएको छ ।

नेपाल शैक्षिक परामर्श संघले भने बिद्यार्थीलाई कलेज दर्ता प्रक्रियामा रहेको जानकारी दिएरै पठाएको दाबी गरेको छ । तर समस्या परिसकेपछि नैतिक जिम्मेवारी लिएर विद्यार्थीको शुल्क र कलेज ट्रान्सफरको व्यवस्था मिलाउने लागिपरेको जनाएको छ ।

अष्टे«लियामा १ बर्ष अघि नै डिप्लोमा नर्सिङ कोर्सको वैधानिकताको बिषयमा प्रश्न उठेको भेटिएको छ । अष्टे«लियामा रहेको केही परामर्शतदाताहरुले यो बिषयमा फेसबुक मार्फत जानकारी पनि गराएका छन् ।

तर अधिकांश कन्सल्टेन्सीहरुले भने यसको वेवास्था गर्दै बिद्यार्थी पठाइरहेका थिए । अस्टे«लियाबाट बिद्यार्थीहरु हाम्रो कार्यक्रम आएर लाइभ गुनासो गरेपछि कन्सल्टेन्सी सञ्चालकले प्रत्यक्ष अप्र्रत्यक्षरुपमा विभिन्न वहानामा नेपाल डिर्पोट गरिदिने धम्की आएको गुनासो गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com