छायाँ सेन्टरले गरेको पत्रकार सम्मेलनमै बबाल ! सांसदले सशक्त आवाज उठाउँदै (भिडियोसहित)



प्रकाशित मिति : Feb 21, 2019

छायाँ सेन्टर विवाद चुलियो

विवादित विजनेश कम्प्लेक्सः छायाँ सेन्टरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनको एक दृश्य ।

यसरी पत्रकार सम्मेलनमै स्थानीय र छायाँ सेन्टर सञ्चालकबीच झण्डै हानाहान भयो । अति नै विवादित भएपछि ‘बनबनाउ प्रष्टिकरण’ दिने नियतले पत्रकार सम्मेलनको आयोजना भएको थियो । पत्रकार सम्मेलनपूर्व नै समाचारशैलीमा तयार पारिएको सामग्री वितरण गर्नेवित्तिकै स्थानीय आक्रोशित भएका थिए । पत्रकार सम्मेलनको सुरुमै छायाँ सेन्टरका सञ्चालकद्वय सुमन पाण्डे र महेश्वर श्रेष्ठले ‘नियोजित रुपमा छायाँ सेन्टरमाथि चौतर्फी प्रहार भएको’ दाबी गरे ।

छायाँ सेन्टरका सञ्चालक नै स्वीकार्छन् कि, यहाँ साँस्कृतिक महत्वको पोखरी थियो । राजगुठीको जग्गालाई प्रक्रिया पु¥याएर रैकर बनाउँदै विजनेश कम्प्लेश स्थापना गरिएको सञ्चालकको दाबी छ ।

तर, कुनै पनि हालतमा राजगुवठीको जग्गा रैकर हुन सम्भव छैन । जुन कुरा गुठी संस्थान पनि स्वीकार्छ ।

सार्वजनिक जग्गालाई जालसाजी गरेर व्यक्ति नाममा ल्याइएको यथेष्ट प्रमाण सार्वजनिक भइसकेको छ । जसलाई ढाकछोप गर्नकै लागि मंगलबार पत्रकार सम्मेलनको आयोजना भएको थियो । जुन कुरा बुझेपछि पत्रकार सम्मेलनमा पत्रकारसँगै स्थानीय पनि गएका थिए । जहाँ उनीहरु छायाँ सेन्टरविरुद्ध नाराबाजीमै उत्रिए ।

साँस्कृतिक एवम् ऐतिहासिक सम्पदा मासेर पर्यटकीय नगरी ठमेलमा विजनेश कम्प्लेक्श बनाएको विषय पहिलेदेखि नै विवादित थियो । विवादका बीच सरकारी अधिकारीलाई समेत प्रभावमा पारेर गुठीको जग्गा रैकर गर्न अनेक हर्कत गरेको स्पष्ट छ ।

जबरजस्त आफूलाई निर्दोष सावित गर्न छायाँ सेन्टरले गरेको प्रयास सफल भएन । पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिन समेत सञ्चालक असमर्थ भए ।

विभिन्न अनुसन्धान, ऐतिहासिक, पुरातात्विक तथ्य र प्रमाणको अध्ययनबाट पनि छायाँ कम्प्लेक्स बनेको जग्गा राजगुठी अर्थात् सार्वजनिक रहेको पुष्टि भैसक्दा छायाँ कम्प्लेक्सको पत्रकार सम्मेलन एउटा नाटक जस्तो थियो । छायाँ सेन्टरमा नेपाल इन्भेष्टमेण्ट बैंकका पृथ्बीबहादुर पाण्डे, निर्मल प्रधान, दीपकमान शेरचन, सुरित घिमिरे, योगेन्द्र शाक्य, सुमन पाण्डे, महेश्वर श्रेष्ठ, जीतेन्द्रराज भण्डारी लगायत व्यक्तिले सार्वजनिक जग्गालाई रैकर कायम गराई सोही जग्गालाई आपूmअनुकुलको बैंकमा धितो राखी छाँया सेन्टरमा लगानी गरेका छन् ।

कमल पोखरी सार्वजनिक सम्पत्ति नै भएकाले सोही स्थानमा कम्प्लेक्स बनाउन नहुनेबारे स्थानीय र सम्पदा संरक्षणका अभियन्ताले विगतदेखि नै आवाज उठाइरहेका छन् । २६ रोपनीभन्दा बढी क्षेत्रफलमा बनेको यो भवन निर्माण कार्य अबैधानिक छ भन्दै स्थानीयबासी अदालत धाइरहेका छन् । उनीहरुले भवन निर्माण पुर्व नै सर्बोच्चमा रिट पनि हालेका थिए । तर शक्तिको आडमा कसैको केही चलेन । र कमलपोखरी मासिइछाड्यो । र व्यापारिक महल बन्यो ।

छायाँ सेन्टरको विषय सडक, अदालतहुँदै संसदसम्म पुगेको छ । सांसदहरुले समेत छायाँ सेन्टर सार्वजनिक जग्गामा बनेको बताइरहेका छन् । र, छायाँ सेन्टर भत्काएर कमलपोखरी पुनस्थापना गर्नुपर्ने आवाज शक्तिशाली बनिरहेको छ ।

छायाँ सेन्टर विवाद सदन प्रबेश

लिच्छवीकालदेखि विभिन्न कालखण्डको इतिहास बोकेको ऐतिहासिक कमलपोखरी मासेर निर्माण गरिएको छायाँ कम्लेक्सबारे सम्पूर्ण छलछाम र बद्नीयतपूर्ण तथ्यहरु सार्वजनिक भइसककेको छ । यसबारेमा नागरिकतहदेखि विभिन्न दल र सरकारसम्म जानकार छ । तर पैसा र शक्तिको आडमा जबरजस्त बनेको यो भवनको विरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भएको छ । र उनीहरुको बोली सुनिएको छैन ।

यो वीचमा सरकारी निकायकै भुमिका पनि बदनियतपुर्ण नै देखिएको छ । किनकी सरकारी निकाय गुठी संस्थानले नै यो जग्गा, बकाइदा राजगुठी नै भएको किटान गरेको छ । तर राजगुठीमा सिमीत भुमाफियाहरुको चलखेल बढ्यो, र त्यसको परिणाम गौरवमय इतिहास मेटेर सार्वजनिक जग्गामा भब्य ब्यापारिक महल सञ्चालनमा आएको छ । वर्षौँदेखिको विवादले पराकाष्ठा नाघेपछि यो विषय उदाङ्गीँदै सदनसम्म पुगको छ ।

यससँगै अरु सांसदले पनि सार्वजनिक पोखरी मासेर बनाइएको ब्यापारिक कम्लेक्स छायाँ सेन्टरबारे चासो दिएका छन् । छायाँको छलछामबारे संसदमा कडा रुपमा प्रस्तुत हुने साँसदहरुले बताएका छन् ।

राजगुठीमा समावेश सार्वजनिक पोखरी मास्ने अधिकार कसैलाई नभएको भन्दै यस विषयमा तत्काल सरकारले कडा रुपमा अध्ययन अनुसान्धान गर्नुपर्ने साँसदहरुको माग छ ।

लामो समयेदेखि विवादमा पर्दै आएको र ऐतिहासिक सम्पदा कमल पोखरी रहेको उक्त जग्गामा ब्यापारिक भवन सञ्चालनमा आउँदा स्थानीय भने विरोध र कानूनी लडाईमा छन् । विषयले चौतर्फी तरङ्ग पैदा गरेको छ । र सरकारलाई दबाब उत्तिकै छ । तर छायाँका लगानीकर्ताहरु ब्यबसायमाथि प्रहर भएको हौवा पिडटदै तथ्यको ढाकछोप गर्ने दुष्प्रयास गरिरहेका छन् । विवादित भएकै कारण छायाँ सेन्टरप्रति व्यवसायी पनि आकर्षित हुन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com