नेकपाले दियाे पाठकले घुस लिएको भिडियो अख्तियारको जिम्मामा



प्रकाशित मिति : Feb 21, 2019

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो अख्तियारको अनुसन्धान टोलीलाई जिम्मा लगाउनु भएको छ ।

उपनेता नेम्बाङले अख्तियारका तत्कालीन आयुक्त पाठकले ७८ लाख घुस लिने क्रममा खिचिएको भिडियो अख्तियारको अनुसन्धान टोलीलाई बुझाउनुभएको हो । आवश्यक प्रमाण बटुल्ने क्रममा बिहीबार सिंहदरबारस्थित संसदीय दलमा पुगेको अख्तियारको तीन सदस्यीय अनुसन्धान टोलीलाई नेकपा संसदीय दलका उपनेता नेम्बाङले भिडियोसहितको पेन ड्राइभ र अन्य कागजपत्र बुझाउनु भएको छ ।

पाठकले भक्तपुर चाँगुनारायण नगरपालिकास्थित इन्जिनियरिङ कलेजको सम्पत्ति विवाद मिलाउन भन्दै ७८ लाख घुस लिएका थिए । तर, उनले घुस लिएर काम नगरिदिएपछि घुस दिने व्यक्तिहरुले नै गोप्य रुपमा भिडियो तयार पारेका थिए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com