मेलापातमै ब्यस्त चेलीहरु भन्छन्–‘पढ्ने रहर नभएको कहाँ हो र ?’



प्रकाशित मिति : Feb 21, 2019
  • रिदम सिंह,

बझाङ्ग । शिक्षा मानव जीवनको अभिन्न पाटो हो । शिक्षाले मानव जीवनको एक लक्ष निर्धारण गर्ने गर्छ । संविधानले आधारभूत तहसम्मको शिक्षा निःशूल्क र अनिवार्य हुने तथा माध्यामिक तहसम्मको शिक्षा निःशूल्क हुने व्यवस्था गरेको भएपनि अझैँपनि मुलुकका दुरदराजका गाउँहरुलाई भने यो ब्यवस्थाले छुन सकेको छैन ।

गाउँ नै पिच्छे विद्यालयहरु भएतापनि अझैपनि दुर्गमका जनतामा शिक्षाको महत्वको प्रभाव खासै पर्न सकेको पाइदैन् । अझैपनि कतिपय स–साना भाई–बहिनीहरु सामान्य शिक्षा पाउनबाट बञ्चिल भएकै छन् । पढेरपनि के नै हुन्छ र ? भन्ने मान्यताले ब्याप्त हाम्रो समाज अझैपनि शिक्षा अपरिहार्य हो भन्ने कुरालाई स्वीकार गर्न सकेका छैनन् ।

कापीकलम समाउने हातहरुमा ढोको–नाम्लो थमाइन्छ, अनि पढाइन्छ वनपाखा, घाँस दाउरा, आखिर यही नियती हो दुर्गमका बासिन्दाको । पढाईभन्दा पनि कामलाई जोड दिने परम्पराले जरो गाडेर बसेको समाजको मानसपटलमा अझै पनि जीवनको मार्ग तय गर्ने शिक्षा हो भन्ने कुराले प्रवेश पाउन सकेको छैन ।

छोरा होइन, छोरी नै शिक्षाको पहुँचभन्दा बाहिर !

छोरा नै सर्वश्व सम्झने परम्परा अझैपनि हाम्रो समाजमा कायमै छ । शिक्षामा समेत लिङ्गको आधारमा समेत शिक्षालाई बर्गिकरण गर्ने गरिन्छ । छोरालाई निजी स्कुलमा महङ्गो शुल्क तिरेर स्कुल पठाउने हाम्रो समाजमा छोरी भोली अर्काको घरमा जाने हो भन्दै सरकारी स्कुलमा पठाइन्छ । असल संस्कार र उचित शिक्षा पाएमा छोरीले पनि छोराजस्तै प्रगति र काम गर्न सक्छन् भन्ने अझै समाजले बुझेको छैन ।

बिहे गरेको भोलिपल्ट अर्काको घरमा जानेलाई किन ठूलो खर्च गरेर पढाउने सरकारी स्कुलमा पढाए भैगोनी, भन्नेहरु पनि अधिकांश भेट्टाउन सकिन्छ ।

अभिभावक नै अशिक्षितः

देशका अधिकांश भागका जनताहरु अझै पनि अनपढ रहेका छन् । राज्यले बर्षेनी करोडौं रकम खर्च गर्दापनी अझै कतिपय अभिभावकहरु आफ्नो नाम समेत लेख्न नसक्ने अवस्थामा रहेका छन् । नेपाल सरकार र केही गैर सरकारी संघ संस्थाहरुले ‘प्रौढ’ कार्यक्रम लागू गरेपनि त्यो प्रभावकारी हुन र सोचे अनुसारको प्रगति हासिल गर्न सकेको छैन । जयपृथ्वी नगरपालिका १ की बिमला सिंहले भनिन् “प्रौढ कार्यक्रममा दिइएका कापी–कलम मैले त नातीलाई दिए । अब मर्ने बेला पढेर के काम भनेर मैले त जानै छाडे ।”

प्रायः जसो अशिक्षित आमाबुबाहरुले आफूहरुले नपढेर नै जीवन बिताएका छौं । तिमीहरु पढेर पो के गर्ने हो र भन्दै छोराछारीलाई स्कुलमा नपठाउने गरेको समेत पाइन्छ । “स्कुल गएर दिन बिताउनु भन्दा त घरको काम गरेको राम्रो नी । डिग्री पढेकाहरुरले त काम पाएका छैनन् हामी जस्ता पहुँच र पावर नहुनेका छोराछोरीलाई कसले जागिर दिन्छ ? घरको काम गरे भयो त त्यो भन्दा । आखिर जीवन विताउने कुरा हो, जसरी पनि बिताउन सकिन्छ” भन्छन् सुर्मा गाउपालिकाका फिट्टु सार्की । अभिभावको कारणले पनि धेरैजसो बालबालिका विद्यालय जान पाएका छैनन् ।

बालमैत्री विद्यालयको अभावः

बालबालिकका पठन–पाठन गर्ने शैक्षिक संस्थाको भवन तथा बिद्यालयमा भएका अधिकांश संरचना बालमैत्री बन्न सकेका छैनन् । स–साना बालबालिकाको शैशिक अबस्थामा सुधार ल्याउनका लागि विद्यालय संरचनाहरु ब्यवस्थित हुन जरुरी हुन्छ । तर कतिपय विद्यालयका भवनहरु, शौचालय, खानेपानीका धाराहरु, कक्षाकोठाहरु बलैमैत्री बन्न सकेका छैनन् ।

बिद्यालयका संरचनाहरु बलमैत्री नहुले पनी कतिपय बालबालिकाहरु बिद्यालय जान नमान्ने गरेका छन् । विद्यालयका संरचनामा बालबालिकाले सहजै आवतजावत गर्ने नसक्ने तथा विद्यालयका शौचालय, खानेपानीको धारा प्रयोग गर्ने नसक्ने हुँदा बालबालिकाहरु विद्यालय जानमा निरुत्साहित हुन्छन् ।

बालबालिकाहरुलाई सहजता होस् भन्ने उदेश्यले विद्यालयमा अब बन्ने संरचना बालमैत्री बनाउने नारायण माविकोे योजना रहेको छ । विद्यालयका प्रधानाध्यापक ऐन बहादुर सिंहले भने–“बिद्यालयको खाने पानीको धारा बालमैत्री बनाई सकेको र अब क्रमश सुधार गर्दै लैजाने योजना रहेकोे छ ।”

इच्छा विपरित पठनपाठनः

बलबालिकाको इच्छा विपरित पठनपाठनले पनी बालबालिकालाई खिन्न र उदासीन बनाउने गर्दछ । पठनपाठनको क्रममा बालबालिकालाई रिसाउने पिट्ने, मनोरञ्जन गर्न नदिएर पढाईमा मात्र प्रेसर गर्ने भएको हुदा पनी बालबालिका विद्यालय जान नमान्ने भएका कारण पनि कतिपय बालबालिकाहरु विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् ।

दूरदृष्टिको अभावः

देशको सन्तुलित विकास गर्न वर्तमान र भविष्यको लागि के—कस्ता दक्ष जनशक्ति चाहिन्छ भन्ने कुराको प्रभावकारी योजना वनाउनुपर्ने हुन्छ । विद्यमान साधन स्रोतको पहिचान र परिचालन गर्दै समुन्नत समाज निर्माण गर्नको लागि एक महत्वपूर्ण र अपरिहार्य पक्षको रुपमा विद्यालय शिक्षालाई लिने गरिन्छ । तर, हाम्रो देशको सन्दर्भमा वर्तमान र भविष्यका लागि कस्तो विद्यालय शिक्षा चाहिन्छ भन्ने सवालमा राज्यको स्पष्ट धारणा छैन । शिक्षा सम्बन्धी राज्यको दूरदृष्टि नभएपछि प्रणालीगत रुपमा विद्यालय शिक्षा अगाडि बढ्ने कुरै भएन ।

चरम राजनीतिकः

बाल विकास, राहत अनुदान कोटा, पी.सी.एफ तथा दरबन्दी वितरण देखि शिक्षक सरुवा बढुवा र नियुक्तिमा समेत ठाडो राजनीतिक हस्तक्षेप हुन्छ । विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा समितिको गठन तथा ब्लक, भवन र अन्य सरकारी अनुदान वितरणमा समेत राजनीति दलहरुको चरम हस्तक्षेप देखिन्छ जसले गर्दा अवसर र सुविधाको समान वितरण हुन सकेको छैन । यस्तो प्रवृत्तिले सन्तुलित शिक्षा विकास हुनुको साटो सिंगो शैक्षिक प्रणाली नै कमजोर हुने क्रम बढेको देखिन्छ ।

व्यवहारिक पाठ्यक्रमको अभाबः

राज्यले अपेक्षा गरे अनुसारको पाठ्यक्रम अझै पनि बन्न सकेको छैन् । पाठ्क्रम सिकाईको योजना भएपन त्यसले स्थान अनुसारको अपेक्षित फल दिन नसक्दा सो अनुसारको प्रगतिकमा फड्को मार्न सकेको छैन् । पाठ्यक्रमले सिकारुको चाहना, समाजको सपना र राष्ट्रको आवश्यकता पूरा गर्नुपर्दछ । अपेक्षा गरे अनुसारको प्रगति हात लगाउन र दक्ष जनशक्ति उत्पादन गर्नका लागि समाज र राष्ट्रको सपना पूरा गर्न उपयुक्त र सान्दर्भिक पाठ्यक्रमको आवश्यकता पर्दछ ।

विज्ञान र प्रविधिसँग सम्बन्धित, नेपाली माटो अनुकूलको गुणस्तरीय, वैज्ञानिक, व्यावसायिक तथा नेपालमा विद्यमान साधन र स्रोतको पहिचान एवं परिचालन गर्न सक्ने पाठ्यक्रमबाट मात्र राष्ट्रले अपेक्षा गरेको जनशक्ति प्राप्त गर्न सकिन्छ ।

तर, अझैपनि नेपालका विद्यालयमा पठन–पाठन गराइने पाठ्यक्रमहरु बढी परम्परागत र सैद्धान्तिक प्रकृतिका रहेका छन् । साथै नेपाल एक भौगोलिक बिबिधताले भरिपूर्ण राष्ट्र भएकाले पनी यहां सबै भु–भागको सिकाई नहुन पनि सक्छ । यसले शिक्षा विकासमा खासै योगदान पु¥याउन नसकिरहेको अवस्था छ ।

राज्यले अपेक्षा गरे अनुसारको पाठ्यक्रम अझै पनि बन्न सकेको छैन् । पाठ्क्रम सिकाईको योजना भएपन त्यसले स्थान अनुसारको अपेक्षित फल दिन नसक्दा सो अनुसारको प्रगतिकमा फड्को मार्न सकेको छैन् । पाठ्यक्रमले सिकारुको चाहना, समाजको सपना र राष्ट्रको आवश्यकता पूरा गर्नुपर्दछ । अपेक्षा गरे अनुसारको प्रगति हात लगाउन र दक्ष जनशक्ति उत्पादन गर्नका लागि समाज र राष्ट्रको सपना पूरा गर्न उपयुक्त र सान्दर्भिक पाठ्यक्रमको आवश्यकता पर्दछ ।

विज्ञान र प्रविधिसँग सम्बन्धित, नेपाली माटो अनुकूलको गुणस्तरीय, वैज्ञानिक, व्यावसायिक तथा नेपालमा विद्यमान साधन र स्रोतको पहिचान एवं परिचालन गर्न सक्ने पाठ्यक्रमबाट मात्र राष्ट्रले अपेक्षा गरेको जनशक्ति प्राप्त गर्न सकिन्छ ।

तर, अझैपनि नेपालका विद्यालयमा पठन–पाठन गराइने पाठ्यक्रमहरु बढी परम्परागत र सैद्धान्तिक प्रकृतिका रहेका छन् । साथै नेपाल एक भौगोलिक बिबिधताले भरिपूर्ण राष्ट्र भएकाले पनी यहां सबै भु–भागको सिकाई नहुन पनि सक्छ । यसले शिक्षा विकासमा खासै योगदान पु¥याउन नसकिरहेको अवस्था छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com