सडकमा बस्ने सवारीसाधनलाई कारबाही गरिने



प्रकाशित मिति : Feb 21, 2019
  • रामहरि श्रेष्ठ,

ओखलढुङ्गा । ओखलढुंगामा सवारीसाधनको व्यवस्थित पार्किङका लागि नगरपालिकाले चासो देखाएको छ । सिद्धिचरण नगरपालिकाले सदरमुकामको प्रवेश द्वारा रमाइलोडाँडामा हुने गरेको अव्यस्थित पार्किङलाई व्यस्थित बनाउन साचो देखाएको हो । जिल्ला भित्रने तथा बाहिरिने साना तथा ठूला सवारीसाधानलाई सोही स्थानमा रहेको बसपार्कबाट सञ्चालका लागि निर्देशन दिइएको छ ।

सदरमुकामको प्रवेशद्वाद्वार नजिकै बसपर्क भएपनि सवारीसाधन बसपार्कमा जाँदैनन् । जसले गर्दा सडकको दाँया बाँया सवारीसाधनको लर्को लाग्ने गरेको छ । हाल जिप तथा सुमो लगायतका साना ठुला सावारीसाधनका लागि सडक बसपार्क बन्दै आएको छ ।

सवारीसाधनका लागि टिकट बुकिङ गर्ने काउन्टर समेत चौकमै रहेकाले सावरीसाधन पनि त्यहीबाट जाने गरेका छन् । तत्कालीन समयमा नेपाल आर्मीको नाममा रहको जग्गा बसपार्कका लागि नगरपालिकालाई पास गरिदिएको भएपनि बसपार्क सञ्चालनमा आउन सकेको थिएन । तर अब भने पार्किङका लागि बसपार्कमा नजाने सवारीसाधनलाई कारबाही गरिने सिद्धिचरण नगरपालिकका मेयर मोहन कुमार श्रेष्ठले बताए ।

उनले साना तथा मझ्यौला सवारीसाधन सडकमै पार्किङ गरिने र ठुला सवारीसाधनहरुले समेत बिच सडकमै रोकेर सामान लोड अनलोड गर्दा दुर्घटनाको जोखिम बढेको बताए । जिल्ला सदरमुकामको प्रवेशद्धवारलाई सुन्दर बनाउन तथा सवारी दुर्घटना न्युनिकरणका लागी पहिलो चुनौती सडक किनारमा हुने सवारीसाधनको ब्यवस्थापन रहेको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्ले बताए ।

सडक आसपासमा पार्किङ हुने सवारीसाधनलाई बसपार्कसम्म पु¥याउन सके सवारी दुर्घटनको जोखिम धेरै कम गर्न सकिने बताएका छन् । सिद्धिचरण राजमार्ग अन्तरगत सोलुुखुम्बुबाट प्रतक्ष काठमाडौं जाने तथा आउने सवारीसाधनलाई नरोकिने भएपनि जिल्लाबाट बाहिने तथा सडकमा धेरै समय यात्रुको पर्खाइमा बस्ने सवारीसाधनलाई भने बसपार्कमा जान नगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाको निर्देशनलाई ब्यवस्था गरी सडक किनारमा बस्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्ने समेत प्रहरीले जनाएको छ । बसपार्कलाई नियमित रुपमा सञ्चालन गर्न चौक चौकमा रहेका टिकट काउन्टरलाई समेत बसपर्कमा झारिनुपर्ने सरोकारवालाको बझाई छ ।

जसले गर्दा सवारीसाधन समेत नियमित रुपमा बसपार्कबाट सञ्चालनमा आउने उनिहरुको बिश्वास छ । हाल जिल्ला सदरमुकामको प्रवेशमार्ग रमाइलोडाँडामा अब्यवस्थित पार्किङ तथा फोहोरमैलाका कारण बजारको सौन्दर्य नै कुरुप बन्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com