६ वटा नालालाई तुलसीपुरमा सडक बनाइदै



प्रकाशित मिति : Feb 21, 2019

दाङ । ब्यवस्थित बजारका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले कार्य सुरु गरेको छ । वडा नम्वर ५ का भित्रि नालालाई बजारको रुपमा विकास गर्न लागिएको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिए । वडा सदस्य श्रेष्ठका अनुसार झण्डै २ सय ४५ सेन्टिमिटर लम्बाई र २ मिटर चौडाका ६ वटा नालालाई तुलसीपुरका भित्रि बजारको रुपमा विकास गर्न लागिएको हो ।

बजारको रेखांकन गर्दा नै फोहर ब्यबस्थापनका लागि छुट्याएका ती नालाहरु जनसंख्या बृद्धिसँगै फोहर फ्याँक्ने ठाँउ र दुब्र्यासनी लगायत अपराधिक समूहले प्रयोजन गर्ने स्थान भयरहेको थियो । अब सडक निर्माणपछि बजारको चहलपहल हुने र ब्यबसायिक केन्द्रको रुपमा विकास हुने अपेक्षा टोलवासीहरुको छ ।

नालाका लागि छुट्याएको उक्त गल्लीलाई सडकको रुपमा विकास गर्ने र दुवै तर्फका घरको पछाडि पट्टी सटर निकाल्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र पारिएको तुलसीपुर उपहानरपालिका वडा नम्वर ५ स्थीत आर्दश टोल विकास संस्थाका नरेश डाँगीले जानकारी दिए ।

(क) र (ख) टोलको बिचको उक्त गल्लीलाई २ मिटरको सडक गराउने कार्यलाई तीव्रता दिइएको छ । मापदण्डलाई च्यापी बनाएका भौतिक संरचनालाई भत्काउन सुरु गरिएको निर्माण समितिका संयोजक दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को १० लाख रुपैया र टोलवासीको सहभागितामा २ लाख ५२ हजार गरी १२ लाख ५२ हजार रुपैयाको लागतमा निर्माण कार्य भइरहेको हो ।

गत हप्तादेखि सुरु गरिएको निर्माण कार्य २०७६ साल बैशाख २० गते गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक श्रेष्ठले जानकारी दिए । यसअघि तुलसीपुर ५ को (क) र (ग) टोलकोबीच नालालाई पनि सडकको रुपमा विकास गर्ने कार्य भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com