सरकारी संस्थानको बेरुजुको अवस्था बारे महालेखा परीक्षकको प्रतिवेदनमा छलफल सुरु



प्रकाशित मिति : Feb 21, 2019

काठमाडाैं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले महालेखा परीक्षकको प्रतिवेदनमा छलफल सुरु गरेको छ ।

आज बसेको समितिको बैठकले सरकारी संस्थानको बेरुजुको अवस्थाका बारेमा छलफल गरेको छ । महालेखा परीक्षकको ५५औं प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ५ खर्ब ८ करोड रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक संस्थान तथा विभिन्न समितिको २७ खर्ब ५४ अर्ब ६७ करोडको लेखा परीक्षण गरिएको थियो । यस्तै, महालेखा परीक्षकको कार्यालयले २१ संगठित संस्थानहरुको मात्र पाँच खर्ब १९ अर्ब ९२ करोड बराबरको लेखा परीक्षण गरेको थियो । सरकारी संस्थानको बेरुजु हरेक वर्ष बढ्दै गएको प्रतिवेदनले देखाएको छ ।

सरकारी संस्थानका लेखा उत्तरदायी व्यक्ति तथा प्रमुख व्यक्तिले बेरुजु फछ्र्यौटमा ध्यान दिएको देखिएको छैन । महालेखा परीक्षकको कार्यालयले अनुत्पादनशील क्षेत्रमा कर्जा लगानी नगर्न सरकारलाई सचेत गराएको छ । समितिको छलफलमा सहभागी महालेखा लेखा परीक्षक टंकमणि शर्मा दंगालले सार्वजनिक संस्थानले आफ्नो लेखा व्यवस्था दुरुस्त नराख्ने गरेको बताउनु भयो ।


महालेखा परीक्षकको कार्यालयको ५५ औं प्रतिवेदन अनुसार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयमा बेरुजु देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com