विश्वकै दुर्लभ ‘ओरफिस’ जापानको एक टापुमा फेला पर्यो



प्रकाशित मिति : Feb 21, 2019

एजेन्सी । जापानका एक माझीले ओकिनवा टापुमा माछा मार्ने क्रममा दुर्लभ माछा ओरफिस फेला पारेका छन् । ३.६ मिटर र ४ मिटर लामा दुई ओरफिस टापुको दक्षिण पश्चिम भेगमा जनवरी २८ मा फेला परेका हुन् । लामोसमय देखि जापानमा यी माछाहरुलाई प्राकृतिक विपदको कारण मान्ने गरिन्छ ।

भित्री समुन्द्रमा पाइने यी माछामध्ये एकको शरिर आधा काटिएको अवस्थामा रहेको माझीले बताए । अर्काे माछा जमिनमा ल्याउने बेला मरिसकेको थियो । ‘योमितन मत्स्य पालन सहकारी संस्था’का सतोमी हिगाले भने, “माछाहरु रहस्यमय एवं सुन्दर थिए ।”

हालै जापान र पेरुले आफ्नो समुन्द्रिक क्षत्रमा रहेका मृत ओरफिसहरुलाई सुनामी एवं भुकम्प आउने डरले सफा गरेको थियो । यीनीहरु झण्डै ११ मिटरदेखि १७ मिटरसम्म लामा हुन्छन् । भने करिब २७० किलोसम्म तौल भएका हुन्छन् ।

हाल एकदमै दुर्लभ रहेका यी माछाहरु भने समुन्द्रको २०० मिटरदेखि १००० मिटरसम्मको गहिरामा रहने गर्छन् । अहिलेसम्म सबै भन्दा लामो ओरफिस भेटिएको रेर्कड भने ११ मिटरको छ ।

एक समाचारका अनुसार सन २०११ मा जापानमा आएको भुकम्प र त्यसपछिको सुनामी जसका कारण २०,००० भन्दा बढीले ज्यान गुमाएका थिए ।

त्यसपछि पछिल्ला वर्ष जापानका समुन्द्रि तटबाट ओरफिसहरु सफा गरिएका थिए । तर वैज्ञानीकहरुले भने ओरफिसका कारण सुनामी एवं भुकम्प आएको कुरा अस्वीकार गरेका छन् ।

सन् २०१३ को अक्टोबर १६ ताका अमेरिकाको क्यालिफोर्नियामा १८ फुट लामो ओरफिस फेला परेको थियो । माछा क्यालिफोर्नियाको सामुन्द्रिक टापुमा मृत अवस्थामा फेला परको हो ।


११ मिटरको ओरफिस

प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com