आईसीसी टी–२० एशिया छनोटमा थाइल्यान्डसँग ५७ रनले हार्याे नेपाल



प्रकाशित मिति : Feb 21, 2019

काठमाडौं । आईसीसी टी–२० एशिया छनोटमा एसिया क्वालिफायरमा आयोजक थाइल्यान्डसँग नेपाल पराजित भएको छ । १२५ रनको लक्ष्य पाएको नेपालले ८ विकेटको क्षतिमा ६७ रन मात्र जोड्यो ।नेपालले सूररुको ६ रनमा २ विकेट र ८ रन जोड्न ३ विकेट गुमाइसकेको थियो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ४४ बलमा २९ रन बनाइन् । त्यसैगरी सीता रानामगरले ३४ बलमा १८ रन जोडिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ नेपालका कविता कुँवर र नेरी थापाले दुई(दुई विकेट लिएका थिए । रुविना चौधरी र करुणा भन्डारीले १-१ विकेट लिए । थाइल्यान्डका लागि मध्यक्रमका ब्याट्सउमनहरुले राम्रो प्रदर्शन गरे । सुथिरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् ।

टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२४ रन बानाएको थियो । मलेसियाविरुद्ध सहज जित निकालेको नेपाल थाइल्यान्डसँग ५७ रनले हार्न पुग्यो । नेपालले भोली युएईसँग खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com