कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, नेविसंघ कसरी अघि बढ्ला अब ?



प्रकाशित मिति : Feb 21, 2019

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउसो बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको विधान विवादको विषयहरुमा छलफल हुनेछ ।

पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट कुनै पनि व्यक्ति एक पटक मात्रै छनोट हुने र प्रतिनिधिहरु वडाबाटै छनोट भएर आउने विषयमा विवाद रहेको छ ।

बैठकमा नेविसंघलगायतका भ्रातृ संगठनबारेको विवादका विषयमा पनि छलफल गरिने नेताहरुले बताएका छन् ।

अध्यक्ष नैनसिंह महरले हालै राजिनामा दिएपछि नेविसंघलाई कसरी अघि बढाउने भन्ने विषयमा शीर्ष नेताहरुबीच सहमति हुनसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com