नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, एकता प्रक्रियाबारे निर्णय हुने



प्रकाशित मिति : Feb 21, 2019

काठमाडाैँ । पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित कार्यदलका सदस्यहरुसँगै नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले कार्यदलले बुझाएको ‘अपूर्ण’ प्रतिवेदनमाथि छलफलपछि बैठक पुनः बसेको हो । बैठकले छलफललाई जारी राख्दै सचिवालयको अर्को बैठकमा कार्यदलका सम्पूर्ण सदस्यहरुलाई आमन्त्रण गर्ने निर्णय गरेको थियो ।

आजको बैठकपछि नै पार्टीको सांगठनिक एकीकरणको प्रक्रियालाई कसरी टुंगो लगाउने भन्ने बारेमा बैठकले आवश्यक निर्णय गर्नेछ ।

गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलले आफ्नो प्रतिवेदन तयार नगर्दै गत माघ २१ मा बसेको सचिवालयको बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com