भरतपुर महानगरपालिका उपप्रमुखलाई ज्यान मार्ने धम्की, काङ्ग्रेसको आपत्ति



प्रकाशित मिति : Feb 21, 2019

चितवन । भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै कांग्रेसले आपत्ति जनाएकाे छ । उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको उनले बताएकी छिन् ।

धम्की अाएपछि नेपाली काङ्ग्रेस, चितवनले उपप्रमुख ठकुरीकाे अाएकाे भर्त्सना गरेकाे छ । नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

‘कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न/नगराउन’ विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै याे क्रम नराेकिएमा अाफूहरु कडा कदम चाल्न बाध्य हुने बताइएकाे छ ।यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com