मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताः सिन्धु क्वाटरफाइनलमा



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौं । सिन्धु स्पोर्ट्स प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिन्धुले बनेपा ब्वाइजलाई २–१ गोलले पराजित ग¥यो । सिन्धुका विष्णु रोका ‘म्यान अफ द म्याच’ घोषित भए ।

अन्य खेलमा फ्रिडम नखिपोट ‘बी’ ले अभिषेक चर्चलाई ५–१, वेस्टर्न चितवनले किङ कम युथ क्लबलाई १–० र नमुना युथ क्लब, रुपन्देहीले फ्रिडम नखिपोट ‘ए’ लाई १–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

फ्रिडम ‘बी’ का धर्मेन्द्रराज शाही, वेस्टर्नका नवीन राना मगर र नमुनाका सन्तोष बस्नेत ‘म्यान अफ द म्याच’ चुनिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com