संविधान संशोधनको प्रतिवद्धता तत्काल पुरा गर्न सरकारसंग राजपाको माग



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको प्रतिवद्धता तत्काल पुरा गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने समयमा संशोधनको प्रतिबद्धता गरेको स्मरण गराउँदै राजपाले तत्काल संशोधन प्रक्रिया अघि बढाउन माग गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले संविधान संशोधनको विषयमा नसोचे सरकारविरुद्ध उत्रिने चेतावनी दिनुभयो ।

धैर्यतालाई कमजोरी नसोच्न आग्रह गर्दै सांसद कर्णले समर्थन फिर्ता लिने, सडकमा जाने र संसद घेराउ गर्ने जस्ता उश्रङखल गतिविधि गर्न बाध्य हुने उहाँको चेतावनी थियो । यता, पटकपटक संविधान संशोधनको मुद्दा उठाएपनि सरकारले भने औचित्यका आधारमा मात्रै संशोधन प्रक्रिया अघि बढ्ने बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com