कांग्रेस सभापति देउवाको प्रश्न : शेखरको पार्टी भित्र के हैसियत छ ?



प्रकाशित मिति : Feb 20, 2019

वीरगञ्ज । कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक मञ्चबाटै शेखर कोईरालाई प्रश्न तेर्साएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् ।

पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले आफूहरु एक भएको र एक जना सभापतिमा लड्ने बताउँदै आएका थिए ।

शनिबार जीपी कोइराला फाउन्डेसनले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा तीनै जना उपस्थित थिए । तीन कोइरालामध्ये नेता शेखर कोइरालाले सभापति देउवाको चर्को आलोचना गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com