तोकिएको समय भन्दा तीन दिनपछि हुनेभयो माइभ्याली गोल्डकप



प्रकाशित मिति : Feb 20, 2019
  • विनय तिम्सिना,

इलाम, ८ फागुन । इलामको वहुप्रतिष्ठित गोल्डकप माइभ्याली गोल्डकप पहिला तोकिएको समय भन्दा तीन दिन पछिबाट हुने भएको छ । माइभ्याली गोल्डकप फागुन २७ गते देखि चैत ५ गतेसम्म हुने भएको छ ।

यसअघि माइभ्याली गोल्डकपको पाँचौ संस्करण सञ्चालनको लागि यस अघिनै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २३ देखि चैत २ गतेको अनुमति प्रदान गरिसकेको थियो ।

प्रतियोगिताको मुख्य आयोजक माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङका अनुसार यसअघि यही फागुन २३ गते सुरु हुने भनिएको प्रतियोगिता २६ गतेदेखि मात्र शुरु हुने भएको छ । एन्फाले सञ्चालन गर्ने प्रतियोगिताहरुको क्यालेण्डर जुदेकोले पनि खेल पछि सार्नु परेको चेम्जोङले बताए ।

माइभ्याली गोल्डकपमा विदेशी ३ टीम सहित स्वदेशी ए डिभिटनका वहुप्रतिष्ठित १० टिमहरुले खेल्नेछन् ।

प्रतियोगिताको विजेताले सातलाख नगद र ट्रफी पाउने छ उपविजेताले ४ लाख र प्रत्येक खेलको म्यानअफद म्याचले १० हजार र म्यानअफद टुर्नामेन्टले टिभिएसको आरटीआर बाइक पाउने पनि आयोजकले जानकारी गराए


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com