त्रि.वि.का सहायक डिनमाथि यौन दुर्व्यवहारको आरोप, नेकपा निकटका विद्यार्थी संगठनद्वारा कालोमोसो



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा त्रिभुवन विश्व विद्यालयका सहायक डिन बबालाल साहलाई विद्यार्थीले कार्यकक्षमै गएर कालो मोसो दलेका छन् । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बबालाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षा शास्त्र शाखाका संकायको डिन कार्यालय अन्तरगत सम्बन्ध शाखामा कार्यरत सहायक डिन साहले नेपाल बैंक शाखा किर्तिपुर जाने बेला जबरजस्ती करणी गर्ने उद्धेश्यले सम्बेदनसिल अंगमा छुनुका साथै हातपात गरेको पीडित छात्राले जनाएकी छिन् ।

प्रहरीले सहायक डिन शाह र छात्रा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

सहायक डिन साहले बाटो हिँड्दै गरेकी छात्रालाई मोटरसाइकलले हान्न लागेपछि आफूले तानेर जोगाएको बताएका छन् भने छात्राले संवेदनशील अंगमा छोएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com