दुर्घटना न्यूनिकरणका लागि एक महिने टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम सुरु



प्रकाशित मिति : Feb 20, 2019
  • तारा आचार्य,

विराटनगर, ८ फागुन । मोरङमा टिपरबाट हुने दुर्घटना न्यूनिकरण गर्न एक महिने टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम सुुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा टिपरको गति, अवस्था र टिपर चालकको योग्यता चेकजाँच गरिनेछ । केही महिना यता टिपरका कारण सडक दुर्घटना बढेको पाइएकोले यो कार्यक्रम संचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।

दुर्घटना हुने मुख्य कारणमा चालकको लापरवाही हुने गरेकाले टिपर चालकहरुलाई अनुशासित बनाउने र नजानेको कुराहरु अनुशिक्षण कार्यक्रममा सिकाइने बताइएको छ ।

सडक दुर्घटना हुने अन्य कारणमा सडकको अवस्था, सिटी रिक्साको अनियन्त्रित हकाई र जथाभावी सडक काट्ने कार्यहरु देखिएकाले त्यसलाई पनि व्यवस्थित बनाउदै लगिने प्रहरी उपरिक्षक केसीले जानकारी दिए ।

मोरङमा सडक दुर्घटना न्यून गर्न मापसे गरेर सवारीसाधन चलाउनेको जाँच लिने व्यवस्था समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com