कृषि कार्यक्रमहरु वास्तविक किसानको हितमा हुन सकेन : कृषिमन्त्री खनाल



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौं । कृषि पत्रकार प्रतिष्ठान जोनाको नवनिर्वाचित पदाधिकारीलाई बुधबार बधाई तथा शुभकामना दिँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषि कार्यक्रमहरु वास्तविक किसानको हितमा हुन नसकेको बताउनु भएको छ । कार्यक्रमा बोल्दै उहाँ कृषि क्षेत्रमा मेहेनत गर्ने किसान भएपनि फाईदा भने विचौलियाले लुटीरहेको बताउनु भएको छ ।

उहाँले नेपाललाइृलाई प्राचिन समय देखी नै कृषिप्रधान मुलुक भनिएता पनि कृषिमा सोचे जस्तो सफलता लिन नसकेका र कृषि पत्रकारिता मार्फत कृषिको प्रणालीमा सहयोग पुगेको दाबी गर्नुभएको छ ।

मन्त्री खनालले कम महत्व र ओझेलमा परेको कृषि क्षेत्र र किसानको पक्षमा अभियान चलाउनु सानो विषय नभएको भन्दै उनले कृषि पत्रकारहरुलाई सफलताको शुभकामना दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com