मुगुमा प्रहरीद्धारा सवारी चालक सम्मानित



प्रकाशित मिति : Feb 20, 2019
  • दान बहादुर बुढा

मुगु । मुगु जिल्ला प्रहरी कार्यालयले ट्राफिक नियम पालना गर्ने चालकलाई सम्मानित गरेको छ । देशमा दिन प्रति दिन सवारी दुर्घटना बढी रहेको समयमा मुगु जिल्ला प्रहरी कार्यालयले ट्राफिक नियमको पालना गरी सुरक्षित रुपमा सवारी चलाउने सवारी चालकलाई बुधबार सम्मान गरेको हो ।

मुगु जिल्ला भित्र र जिल्ला बाहिर सवारी चलाउदा सुरक्षित सवारी साधन चलाएर सडक दुर्घटना न्युनिकरण गर्ने काममा योगदान दिएको भन्दै जिल्ला प्रहरी कार्यालयले लु १ ज ३८१६ नम्बरको जिपका चालक खत्याड गाउँपालिका वडा २ का सवारी चालक जगतबहादुर बुढालाई जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले नगद तथा प्रसंशा पत्र प्रदान गरी सम्मान गरेकाे जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

यसरी आफ्नो काममा ईमान्दार भई ट्राफिक नियम पालना गर्ने सवारी चालकलाई सम्मान गर्दा अरु सवारी चालकहरुले पनि सुरक्षित रुपमा सवारी साधन चलाउन प्रेरित हुने र गराउने उदेश्यले सम्मान कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिनुभयो ।

सम्मानित हुँदा आफु निकै खुसी भएको गाडी चालकहरु पनि सम्मानित हुँदा रहेछन भन्दै भनेर अच्चमीत परेका सवारी चालक जगतबहादुर बुढाले बताउनु भयाे । उहाँले आफुलाई सम्मानित हुँदा खुसी संग संगै थप सजगता अपनाउन जिम्मेवारी दिईएको महसुस भएको बताउनु भयो ।

यता अस्थाई ट्राफिक प्रहरी कार्यालयकाे आ.व २७३/०७४ बाट स्थापना भई आ.व ०७५/०७६ फाल्गुन पहिलो साता सम्म ३ सय ७६ गाडीकारवाई भएका १८ सवारी साधन दुर्घटना भएको ८ जाना यात्रुले ज्यान गुमाएको १६ जान घाईते भएको २ लाख ६४ हजार५ सय राजश्व उठेको जानकारी समेत दिएकाे छ ।

साथै कच्ची साघुरो सडकमा ट्राफिक संकेत नहुँदा बढी गाडी दुर्घटना हुर्ने हुँदा गाडी चालकहरुलाई जनचेतना मुलक शिक्षा समेत पटक पटक दिने गरेको अस्थायी ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक कलकबहादुर शाहीले जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com