भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



प्रकाशित मिति : Feb 20, 2019

भक्तपुर । काभ्रेको नालाबाट भक्तपुरतर्फ आउदै गरेको टिपरले र मोटरसाइकल एक आपसमा ठोकिदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्त रहेका छन् ।

भक्तपुरतर्फ आउँदै गरेको बा५ख ७७४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पन्तको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com