विभेद निम्त्याएको भन्दै कांग्रेस सांसद रेग्मीले संसद्‍मै च्यातिन् नियमावली



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौं । समानुपातिक सांसदलाई विभेद गरेको भन्दै कांग्रसे सांसदले संसदमा नै नियमावली च्यात्नुभएको छ । नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले निर्वाचन क्षेत्र विकास कोष संचालनसम्बन्धी नियमावली संसदमै च्यात्नु भएको हो।

सांसद रेग्मीले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम संचालन सम्बन्धी नियमावली, २०७५ ले समानुपाति सांसदहरुलाई विभेद गरेको भन्दै संसदमै सो नियमावली च्यात्नु भएको छ ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्नु हुँदै सांसद रेग्मीले नियमावलीले समानुपातिक सांसदलाई दोस्रो दर्जाका सांसद बनाएको र कुनै पनि सांसदलाई नियमावली मान्य नहुने बतउनुभयो । नियमावलीमा निर्वाचन क्षेत्र विकास कोषका लागि विनियोजन भएको बजेटको खर्चसम्बन्धी व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com