सैनिक हमलाकाे घटनापछि सलमानले पाकिस्तानी गायक आतिफ असलमलाई दिएकाे गीत फिर्ता गरे



प्रकाशित मिति : Feb 20, 2019

एजेन्सी । जम्मू कश्मीरको पुलवामा आतंकबादीले भारतिय सैनिकमाथि गरेको हमलापछि सिङ्गोे भारत यतिबेला पाकिस्तानको बिरोधमा उत्रिएको छ । पाकिस्तान प्रतिको आक्रोशको आगो साधारण मानिसमा मात्र सिमित नरही बलिउड सेलिब्रिटीहरुमा समेत दन्किएको छ ।

यस्तैमा अभिनेता सलमान खानले आउँदो आफ्नो फिल्ममा गीत गाउन पाकिस्तानी गायक आतिफ असलमलाई साइन गरेका थिए । तर पुलवामामा भएको हमला पछि उनले आतिफलाई आफ्नो फिल्मबाट हटाइदिएका छन् । सलमान यो फिल्मको प्रोड्यूसर पनि हुन् त्यसैले अब उनले यस फिल्मलाई आफैले गाउने भएका छन् ।

पुलवामा हमलापछि बलिउड पाकिस्तानी कलाकारहरुको बिरोधमा उत्रिएको छ । यस अघि भारतीय प्रख्यात टीसीरीज म्यूजिक कम्पनीका मालिक भूषण कुमारले भ्यालेन्टाइन डेमा रिलीज भएको आतिफ असलमको गीतलाई अनलिस्ट गरेका थिए । जबकि पाकिस्तानी कलाकार अस्लमको गीतलाई हटाएकोमा चौतर्फी तारिफ गरिएको छ ।

पुलवामा हमला पछि निकै भावुक बनेका सलमानले सामाजिक संजालमा लेखेका थिए ‘देश भक्तीकोे लागि आफ्नो ज्यान दिने सैनिक जवानको विरताले मेरो मन रोएको छ ।जसले हाम्रो परिवारको सुरक्षाको लागि आफ्नो ज्यानको बलिदान दिए ।’यस अघि सलमानकोे संस्था बिइंग ह्युमन फाउन्डेसनले पनि शहीद परिवारलाई सहयोग गरेको छ ।त्यस्तै उनको आउँदो फिल्म नोटबुकको तर्फबाट पनि परिवारलाई थप मद्दत गर्ने सलमानले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com