नेप्से १२.७२ अंकले गिरावट, कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावरको अग्रता



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौँ । नेप्से सूचक १२.७२ अंकले घटेर १११२.२३ विन्दुमा आइपुगेको छ । समग्रमा बजार १.१३५ ले ओरालो लागेको हो । १६२ कम्पनीको १६ करोड ६१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ६ लाख ८१ हजार १३८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम पनि निकै सुस्त देखिएको हो ।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६७.८३ अंकले ओरालो लागेको छ । बैंकिङ समूह ८.७१ अंकले घटेको छ ।

कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावरले अग्रता लिएको छ । अपरको ९३ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक संस्थापक र नबिल (साधारण) परेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com