डा. केसीले राखे ३ बुँदे माग, माग पुरा नभए फेरि अनशन बस्ने चेतावनी



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौं । बुधबार एक विज्ञप्ति जारी गर्दै डा. गोविद केसीले तिनबुदे माग अघि सार्नुभएको छ । विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै आएका आओएमका प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने चतावनी दिनुभएको छ ।

चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए पुनः अनशन बस्ने चेतावनी दिनुभएको हो ।

जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजेको भन्दै डा. केसीले आफ्नो माग सम्बोधकन नभए पुनस् अनशन बस्ने चेतवनी दिनुभएको हो ।

नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य नभएको बताउँदै केसीले भ्रष्टाचारको आरोप लागेका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाई कानुनी कठघरामा ल्याइ कारबाही गर्नुसमेत माग गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com