राष्ट्रियसभामा गृहमन्त्री थापाको दाबी : ९५ प्रतिशत अपराध नियन्त्रण भयो



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दावी गर्नुभएको छ । राष्ट्रियसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा गृहमन्त्री थापाले ९५ प्रतिशत अपराधलाई नियन्त्रणमा लिएको दाबी गर्नुभयो ।

एकाध घटना बाहेक सरकारले अन्य आपराधिक सञ्जाललाई तोड्दै अघि बढेको उहाँको भनाइ थियो ।

राष्ट्रियसभा सदस्य रामनारायाण विडारीले निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि फौजदारी अपराध संहिता अन्र्तगत मुद्दा चलाउन गरिएको मागका बारेमा प्रश्न गर्नुभएको थियो ।

गृहमन्त्री थापाले घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले सुन तस्करीको जालो ध्वस्त बनाइएको दाबी गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com