च्याम्पियन्स लीग : बार्सिलोनाले लियोनको पोस्टमा २५ सट प्रहार गर्दा एक गाेल पनि गर्न सकेन



प्रकाशित मिति : Feb 20, 2019

एजेन्सी । च्याम्पियन्स लीग अन्तर्गत गए राति बार्सिलोना र लियोनबीच भएको खेल गोलरहीत बराबरीमा टुङ्गिएको छ ।

लियोनेल मेस्सी, लुईस स्वारेज, फिलिपे काटिन्ही जस्ता सशक्त अग्रपङ्ती रहेको बार्साले खेलमा निकै दबाब सिर्जना गरेको थियो । बार्साले लियोनको गोलपोस्टमा २५ सट प्रहार गरेको थियो । तर लियोनका गोलकिपर एन्थोनी लोपेसले उत्कृष्ट प्रदर्शनका अघि सबै प्रयास असफल भएको थियो ।

खेलमा गोल गर्ने अवसर लियोनले पनि प्राप्त गरेका थियो । र्माक अन्द्रेले लङ रेन्जबाट प्रहार गरेको सर्ट वारमा लागेको थियो । दोस्रो लेगको खेलमा मार्च १३ मा हुने छ ।

च्याम्पियन ला लिगाका शीर्ष स्थानमा रहेको छ । अंक तालिकामा दोस्रो स्थानमा रहेको एट्लेटिका मड्रिडभन्दा स्पष्ट सात अंकले अघि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com