‘लुट्न सके लुट कान्छा’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि भाइरल ! युट्युब र सामाजिक सञ्जालमा भिडियाे छ्यापछ्याप्ती



प्रकाशित मिति : Feb 20, 2019
  • नविन कुलुङ

काठमाडाैं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ बोलको गीत पछिल्लो समय नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियमा पनि चर्चा हुन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि शर्माको गीतलाई प्राथमिकताका साथ छापेकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे धम्कीपछि भ्रष्टाचारविरुद्ध युट्युबबाट हटाए’ भनेर छापेका छन् । अल जजिराले ‘नेपाली लोक गायककाे भ्रष्टाचारविरुद्ध गीत नेकपाकाे धम्कीपछि युट्युबबाट हटाए’ भनेर छापेको छ ।

अल जजिराले लेखेकाे छ, ‘Pashupati Sharma released a video of the song “Lutna Sake Lut, Nepal Mai Chha Chhut” (loot whatever you can, since that’s allowed only in Nepal) over the weekend.’

इडीन्युज डट नेट (ednews.net) ले पनि ‘धम्कीपछि गायककाे भ्रष्टाचारविरुद्ध गीत युट्युबबाट हाटए’ भनेरले समाचार लेखेको छ । इडीन्युजले लेखेको छ, ‘एक लोकप्रिय नेपाली लोक गायकले सत्तारुढ कम्युनिस्ट पार्टीको युवा संघकाे धम्कीपछि भ्रष्टाचार विरुद्ध गीत युट्युबबाट हाटए।’

त्यस्तै गल्फ टाइमस् डट कम(gulf-times.com), द इडियन एक्प्रेस (indianexpress.com), freedomforum.org, newseverytime.com, eastautonews.com, democratstime.com लगायतका अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले ‘भ्रष्टाचारविरुद्ध गीत धम्कीपछि गायकले युट्युबबाट हटाए’ भनेर समाचार बनाएका छन् ।

नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै ल्याएकाे साे गीत सार्वजनिक भएपछि उनकाे चर्चा मात्रै होइन विरोध र आलाेचना पनि भइरहेकाे छ । शर्माको गीतलाई लिएर सामाजिक सञ्जालमा बहस नै चलेको छ ।

गीत सार्वजनिक भएपछि सत्तामा रहेको नेकपा पार्टी समर्थकहरूले शर्माकाे गीतलाई सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै विरोध जनाएका छन् भने, अन्यले युट्युबबाट गीत हटाएकाेमा सरकारकाे विराेध गरिहरेका छन् ।

शर्माले हटाए पनि युट्युब र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती

पशुपति शर्माले आफ्नो अफिसिल युट्युबबाट उक्त भिडियो हटाए पनि युट्युब र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ । मंगलबारसम्म एउटा युट्युबले हालेको भिडियो ट्रेण्डिङमा नै थियो । उक्त भिडियो १४ लाख पटक हेरिएको थियो । तर बुधबार भने त्यो भिडियोलाई हटाइएको छ ।

केहि युट्युबहरुमा उक्त भिडियो हटाए पनि अन्य युट्युबहरुमा र फेसबुकमा भने छ्यापछ्याप्ती नै छ ।



दुई सांसदले ७६ हजार दिने  

पशुपति शर्माकाे उक्त गीतलाई नेपाली काँग्रेसका एक सांसद डा अमरेशकुमार सिंहले २५ हजार रूपैयाँ दिने भएका छन् भने, प्रतिनिधिसभा सदस्य एवं उद्योगपति सूर्यबहादुर केसीले ५१ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

सिंहले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् भने, केसीले मङ्गलबार एक पत्रकार सम्मेलनमा बोल्दै गायक शर्मालाई आफ्नो तलबभत्ता बापत ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी

सोमबारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेकाे थियाे ।

बैठकमा कांग्रेस सांसद अमरेश कुमार सिंहले गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको हनन गरेको भन्दै गायक शर्मालाई सहयोग स्वरुप २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए। त्यसलगत्तै सत्तारुढ सांसद झपट रावलले शर्माको गीत गाइदिए अमरेशलाई नै आफ्नो एक महिनाको तलब दिने भन्दै व्यंग्य गरेका थिए।

सामाजिक सञ्जालमा र विभिन्न दलहरूले शर्माको गीतमा सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै आए पनि अहिले सरकारको आधिकारिक धारणा भने आएकाे छैन ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले भने विवादित बनिरहेको शर्माकाे गीत कसैको कर वा धम्कीमा हटाइएको हाे भने त्याे सर्जककाे अधिकारविरुद्ध हुने भन्दै जस्ताको त्यस्तै पुन: अपलोड गर्न गायक शर्मालाई सुझाव दिएको छ, भने शर्माले केहि शब्द र केहि दृष्य हटाएर गीत पुन: अपलोड गर्न बताउँदै आएका छन् ।

याे पनि पढ्नुहाेस्-

पशुपतिको गीतबारे सरकारकाे आधिकारिक धारणा के हाे ? गायक भन्छन्- ‘जनताको भावना जस्ताकाे तस्तै प्रस्तुत गरेको हुँ’


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com