खोटाङमा बाँदर नियन्त्रण अभियान: भारतबाट आएका सिकारीले समात्न थाले बाँदर



प्रकाशित मिति : Feb 20, 2019

काठमाडौं । खोटाङमा बाँदर नियन्त्रण अभियान संचालन थालिएको छ । स्थानीयले लगाएको बालिनाली नष्ट गरेपछि तालिमप्राप्त सिकारी बोलाएर उक्त अभियान संचालन थालिएको हो । उनीहरुले बादँर नियन्त्रण गरेर नजिकको राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी यो अभियान थालेका हुन ।
बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईका अनुसार भारतको उत्तर प्रदेशबाट झिकाइएका सिकारीले मंगलबार उक्त नगरपालिकाको वडा नम्बर ५, लफ्याङको लुछिममा २५ वटा बाँदर समातेका छन् ।

बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको दिक्तेल रुपाकोट मझवागढी नगरपालिका ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिएको खबर आजको नागरिक दैनिकले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com