भारतबाट आएको पेट्रोल र डिजलमा पानी र लेदो



प्रकाशित मिति : Feb 20, 2019

वीरगञ्ज । भारतबाट ल्याइएको पेट्रोल र डिजलमा पानी र लेदो मिसाइएको पाइएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोबाटभरेर ल्याइएको आयलको ट्याङ्करमा पानी र लेदो मिसिएको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले अनुगमन गर्दा आईओसीबाट भरेर आएका प्रत्येकजसो ट्याङ्करको ट्याङ्कीमा पानी र लेदोको मात्रा अत्यधिक रहेको छ ।टोलीले तीनरतीन वटा छुट्टा छुट्टै बोतलमा सिल लगाएर डिजल र पेट्रोलको सेम्पल लिएर परिक्षण गर्ने एको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com