मेयरकाे उम्मेदवारी दिन सभामुखबाट राजीनामा दिए पछि…



प्रकाशित मिति : Feb 19, 2019

अङ्कारा । टर्कीका सभामुखले एक नगरको मेयरका लागि उम्मेरवारी पदन आफ्नो पदबाट राजीनामा दिएका छन् । टर्की सरकारका सभामुख बिनाली यील्डीरीमले सोमबार राजिनामा दिएका हुन् । उनले राजधानी इस्तानबुल नगरको मेयर पदका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न राजीनामा दिएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ ।

“मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उनले भने । सत्तारुढ दल न्याय र विकास पार्टी एकेपीको तर्फबाट इस्तानबुल नगरको मेयरका लागि सभामुखबाट राजीनामा दिएका बिनालीले उम्मेद्वारी दिने तयारी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com