आयात बढ्दा अर्थतन्त्रमा नकारात्मक असर



प्रकाशित मिति : Feb 19, 2019

काठमाडौं । आयातको अनियन्त्रित आकार र निर्यातमा नगन्य वृद्धिले राष्ट्रिय अर्थतन्त्र नकारात्मक दिशातर्फ उन्मुख छ । सरकारले आयात–निर्यात विचको खाडल कम गर्न उत्पादनमुलक उद्योगको विस्तार गर्न सकेको छैन भने स्पष्ट कार्ययोजना पनि बनाउन सकेको छैन ।

अहिले नेपालको आयात ९४ प्रतिशत छ भने निर्यात ६ प्रतिशत मात्रै छ । यो अनुपातले अर्थतन्त्रलाई गम्भीर संकटमा पु¥याउने निश्चित जस्तैछ । व्यापार घाटा कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्ययोजना तयार पारेको छ । आयात निर्यात प्रतिवन्ध लगाउने सुचित आदेश परिमार्जन गरी जारी गर्न लागेको छ । तर, कार्यान्वयन हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय व्यापार सन्धी सम्झौता ले आयात निर्यात प्रतिवन्ध वस्तु रोक्का गर्ने, विलाशिता वस्तु परिमाणात्मक बन्देज लगाउने योजना रहेपनि हालसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन । सबैभन्दा बढी व्यापार घाटा रहेको भारतसँग गत वर्ष वाणिज्य सन्धी पुनरावलोकन गर्न प्रस्ताव गरेको थियो ।

जसमा छिमेकी भारतसँग आयात निर्यात वस्तु शून्य भन्सार दरमा हुनु पर्ने माग राखेकोमा कार्यान्वयन हुन सकेको छैन । सरकारको कार्यविधिमा नेपालकै कच्चा पदार्थ प्रयोग गरेर वस्तु उत्पादन गरी विदेश निर्यात गर्ने उद्योगीले ५ प्रतिशत तथा विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमा वस्तु उत्पादन गर्नेले ३ प्रतिशत अनुदान पाउने उल्लेख छ ।

व्यापार घाटा कम गर्न र निर्यात बढाउनका लागि उत्पादनमुलक उद्योग खोल्नुपर्ने विज्ञको सुझाव छ । सरकारले लगानीकर्तालाई आकर्षण गर्न नसक्नु अर्को समस्या हो । यतिवेला वैदेशिक लगानी समेत २६ प्रतिशतले घटेको छ । अर्थमन्त्रालयले बढ्दो व्यापार घाटा अध्ययन गर्न वस्तुगत र सेवा तर्फ गरी दुई समिति गठन गरेपनि प्रतिवेदन अझै बुझाउन सकेको छैन ।

नेपाल राष्ट्रबैंकको तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को ६ महिना अवधिमा कूल वस्तु निर्यात १० दशमलव ३ प्रतिशत वृद्धि भई ४५ अर्ब ४१ करोड छ । गत वर्ष यही अवधिमा १३ दशमलव ५ प्रतिशत वृद्धि थियो । जसलाई आधार मान्दा व्यापार घाटा निर्यातको अनुपाता आकाशिदो छ । भारत र अन्यमुलुक तर्फ निर्यात बढेको छ भने चीनतर्फ निर्यात २९ दशमलव ५ प्रतिशतले घटेको छ ।

अलैची, रोजिन जुक्त चप्पल आयुवर्दिक औषधिका लगायतका निर्यात घटेको हो । ६ महिनाको अवधिमा कुल वस्तु आयात ३० दशमलव ५ प्रतिशतले बढेर ७ सय २३ अर्ब ९४ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको यो अवधिभन्दा १२ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com