मदन भण्डारी भेट्रान फुटबलमा पहिलो दिन मिश्रित प्रदर्शन



प्रकाशित मिति : Feb 19, 2019

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार मिश्रित प्रदर्शन गरेको छ ।

एकेडेमी ‘बी’ ले खान एफसीलाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो भने एकेडेमी ‘ए’ टी बर्गरसंग ३–२ ले हार्यो । चावहिलस्थित गणेशस्थान फुटबल मैदानमा भइरहेको प्रतियोगिताको अन्य खेलमा किङ कम स्पोर्ट्स क्लबले सिफल भेट्रानलाई ३–०, फ्रिडम नखिपोट एफसी ‘बी’ ले माइ टिमलाई ५–०, सिन्धु स्पोर्ट्सले टुसाल भेट्रानलाई १–०, लाहुरे टिमले सज्जन स्मृति युथ क्लबलाई ६–०, कीर्तिपुर भेट्रानले टुंडिखेल एघारलाई ३–२ र फ्रिडम नखिपोट एफसी ‘ए’ ले आरसीवाइसीलाई ३–० गोलले पाखा लगाए ।

प्रतियोगिताको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले एक कार्यक्रमबीच उद्घाटन गरे । फागुन ११ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा मोफसलका ४ सहित २० टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com