धनगढी प्रिमियर लिग–३ः अत्तरियाद्वारा काठमाडौं ७ विकेटले पराजित



प्रकाशित मिति : Feb 19, 2019
  • हरिशजङ्ग क्षेत्री,

कैलाली । धनगढी प्रिमियर लिग डीपिएलको तेस्रो सिजनको लिगको अन्तिम खेलमा सिवाइसी अत्तरियाद्वारा काठमाडौं गोल्डेन्स ७ विकेटले पराजित भएको छ ।

मंगलबार प्रदेश सातको अस्थाई राजधानी धनगढी स्थित प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो सिजनको धनगढी प्रिमियर लिगको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले दोहोरो प्रदर्शन गर्दा काठमाडौं गोल्डेन्स ७ विकेटले पराजित भएको छ ।

टस जितेको काठमाडौं गोल्डेन्सले पहिलो ब्याटिङ गर्दै २० पूरै खेल्दै सबै विकेट गुमाएर ७५ रनमा समेटिदा अत्तरियाले ७६ रनको झिनो लक्ष्य पाएको थियो । लक्ष्यको पिछा गर्ने क्रममा अत्तरियाले १७ ओभरको अन्तिम बलमा उसका सन्दीप जोराले चौका हिर्काउँदै जित दिलाएका थिए ।

अत्तरियाले ३ विकेटको नोक्सानीमा जित प्राप्त गर्दा उसका जयकिसन कोल्सावालाले ३३ रनको सर्वाधिक योगदान दिदा कप्तान दिपेन्द्र सिह ऐरीले कप्तानी पारी खेल्दै ११ बलमा ३ चौकाको मद्दतले नटआउट २० रनको योगदान दिदा युवा ब्याट्सम्यान सन्दीप जिराले ७ रनमा नाबाद रहदा यसअघि आउट भएका ओपनर सुबेन्दु पाण्डेले ५ बनाउदा ललित नारायण राजबंसीले उनलाई बोल्ड आउट गरे ।

त्यसैगरी प्रेम तामाङले १० जोड्दा सुर्य तामाङको बलमा अमित दबासको हातमा क्याच आउट भएका थिए ।

बलिङतर्फ गोल्डेन्सका ललित नारायण राजबंसी, रासिद खान र सुर्य तामाङले एक–एक विकेट प्राप्त गरेका थिए ।

यसअघि ब्याटिङ गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले अत्तरियाका कप्तान दिपेन्द्र ऐरीको थ्रोमा रन आउट हुनुपुर्व गोल्डेन्सका ३२ रनको योगदान दिएका थिए । त्यस्तै योगेन्द्र सिह कार्कीले १३ रन बनाएर आउट हुँदा बिदेशी खेलाडी अमित दबासले १० जोड्नु बाहेक उनका अन्यब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न नसक्दा ७५ रनमा समेटिएको थिए ।

बलिङतर्फ अत्तरियाका कप्तान दिपेन्द्र सिह ऐरीले किफायती बलिङ गर्दै काठमाडौं गोल्डेन्सका ३ विकेट चट्काउदा रामनरेश गिरीले २ विकेट, भुवन कार्की र सन्नी पटेलले १(१ विकेट प्राप्त गरेका थिए ।

बलिङ ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी प्लेयर अफ दि म्याच चुनिए । भोलिदेखि प्लेअपका खेलहरु सञ्चालन हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com