होण्डाले वेलायतमा रहेको कारखाना बन्द गर्ने, ३५ सयको रोजगारी गुम्ने



प्रकाशित मिति : Feb 19, 2019

टोकियो । कार निर्माण गर्ने कम्पनी होन्डाले वेलायतमा रहेको ठूलो मोटर उत्पादक कारखाना बन्द गर्ने भएको छ । सो कम्पनी २०२१ बाट पूर्ण रुपले बन्द हुने होण्डा कम्पनीले मंगलबार जनाएको छ । घोषणासँगै लगभग ३५ सय कामदारको रोजगारी गुम्ने भएको छ ।

यदी यो कम्पनी प्लान्ट बन्द भए त्यहाँ वेलायतमा कार्यरत ३ हजार ५०० कामदारको रोजगारी टुट्ने अनुमान गरिएको छ । यो प्लान्ट इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको छ । जो होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको “सिभिक” मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको छ । यस प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com