दयाहाङ स्टारर् ‘आप्पा’को ‘सँझ परेपछि’ रिलिज (भिडियो)



प्रकाशित मिति : Feb 19, 2019

काठमाडौं । अभिनेता दयाहाङ राईको आगामी फिल्म ‘आप्पा’को नयाँ गीत रिलिज भएको छ । फिल्मको दोस्रो गीतको रुपमा ‘सँझ परेपछि’ गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको ‘साँझ परेपछि’ गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । गीतको भिडियोमा मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाको फिचरिङ रहेको छ ।

यो फिल्म आगामी जेठ २४ गतेबाट र्दशकमाझ रिलिजमा आउँदैछ । फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । निर्देशक गुरुङका अनुसार बाबु–छोराको सम्बन्धको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

‘आप्पा’लाई रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com